मिति २०८२ साल चैत्र २५ गते, बुधबार मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लि. (Madhyanepal SACCOS) को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
संस्थाका सदस्यहरू तथा स्थानीय समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।
शिविरबाट सहभागीहरूले स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी तथा सेवा प्राप्त गरेका थिए। यस कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै संस्थाको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ।
मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य हित तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
On Wednesday, Chaitra 25, 2082, Madhyanepal Saving and Credit Cooperative Ltd. (Madhyanepal SACCOS) successfully organized a Free Health Camp on the occasion of its 28th Anniversary.
The health camp was conducted with the objective of promoting health awareness and providing basic healthcare services to members and the local community.
A large number of participants benefited from health check-ups, consultations, and essential healthcare services provided during the program.
Madhyanepal SACCOS remains committed to social responsibility and community welfare by organizing various programs that contribute to the overall well-being of its members and society.