[email protected]
078-575408, 575253

परिचय

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी (ब.सु.पू.) जिल्लामा स्थापित एक सीमित दायित्व भएको वित्तीय सहकारी संस्था हो । यस संस्थाको मुख्य कार्यालय देवचुली नगरपालिका वडा नं. १४, प्रगतिनगरमा रहेको छ । देवचुली नगरपालिका भित्र केन्द्रीय कार्यालय रहेको नवप्रगति पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि., परोपकार वचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७७ पौष २८ गतेको संयुक्त साधारण सभाबाट एकीकरण गर्ने निर्णय अनुरुप मिति २०७८/०१०८ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट स्वीकृति लिई मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (दर्ता नं. ९७/२०५४/०५५), पान नं. (३०३३६६३९९) को नामबाट सञ्चालित भएको समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित छ। गत आ.व. २०७६/०७७ मा साविक नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. मा ४ वटा संस्था एकीकरण भएका थिए भने साविक परोपकार वचत तथा ऋण सहकारी संस्था लि.मा ३ वटा सहकारी संस्था एकीकरण भएका थिए । जुन निम्न अनुसार रहेका छन् ।

एकीकरण भएका संस्थाहरु

  • क) नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि.मा एकीकरण भएका संस्थाहरु
    क्र.स.संस्थाको नामएकीकरण भएको मिति
    नवप्रगति बचत तथा ऋण सहकारी संस्था लि.२०७६।०४।२५
    पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि.२०७६।०४।२५
    विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि.२०७६।०४।२५
    हाम्रो जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि.२०७६।०४।२५
  • ख) परोपकार बचत तथा ऋण सहकारी संस्था लि.मा एकीकरण भएका संस्थाहरु
    क्र.स.संस्थाको नामएकीकरण भएको मिति
    देवचुली बहुउद्देश्यीय सहकारी संस्था लि.२०७३।०५।२३
    पारदर्शी बचत तथा ऋण सहकारी संस्था लि.२०७६।०३।२८
    शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.२०७६।०३।२८
  • ग) मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.मा एकीकरण भएका संस्थाहरु
    क्र.स.संस्थाको नामएकीकरण भएको मिति
    नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि.२०७७।०९।२८
    परोपकार बचत तथा ऋण सहकारी संस्था लि.२०७७।०९।२८
    ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.२०७७।०९।२८

कार्यालय

मुख्य कार्यालय

नाम :- मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ठेगाना :- देवचुली नगरपालिका, वडा नं. १४, प्रगतिनगरस्थापना :- २०५४ चैत्र २० गते दर्ता नं. :- ९७/२०५४/०५५ फोन नं. :- ०७८–५७५४०८, ०७८–५७५२५३ईमेल :- [email protected]web :- madhyanepalsaccos.com.npकार्यक्षेत्र :- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभर
सेवाकेन्द्रहरु :- १. नवप्रगति सेवाकेन्द्र, प्रगतिनगर२. परोपकार सेवाकेन्द्र, दलदले३. पृथ्वी सेवाकेन्द्र, पृथ्वीनगर४. शुभकामना सेवाकेन्द्र, धारापानी५. देवचुली सेवाकेन्द्र, देवचुली६. पिठौली सेवाकेन्द्र, कुढौली७. विश्वज्योति सेवाकेन्द्र, कावासोती८. दिब्यपुरी सेवाकेन्द्र, केउरेनी९. रजहर सेवाकेन्द्र, रजहर१०. फारम सेवाकेन्द्र, फारम११. दिव्यलक्ष्मी सेवाकेन्द्र, गैडाकोट१२. कुश्नहरि सेवाकेन्द्र, कुश्नहरि
परिकल्पना (Vision)

“व्यवसायिक तथा प्रविधिमैत्री, सक्षम र गुणस्तरीय वित्तीय सहकारी ” (Professional and Technofriendship, Enabled and Qualitative financial cooperative )

ध्येय (Mission)

“सहकारी सिद्धान्तको माध्यमबाट सम्पूर्ण वित्तीय तथा गैरवित्तीय सेवामार्फत सदस्यहरुको जीवनमा समृद्ध ल्याउन सहयोग पुर्याउने ।”

उद्देश्यहरु तथा लक्ष्यहरु

सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायमा उल्लेख भए, बमोजिमका काम कार्यवाही गर्नु मध्य नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडको उद्देश्य हुनेछ । १) संस्थामा संलग्न सदस्यहरु र जनसमुदायबिच स्वावलम्बन, पारस्परिक सहयोग, मितव्ययिता अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।२) नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेको निक्षेपमा कानुन बमोजिम तोकिएको दरमा व्याज दिने । ३) उत्पादनशील, आयमूलक, सीपमूलक लगायतका उद्देश्यका लागि सदस्यहरुलाई प्रचलित सहकारी कानुन बमोजिमको उचित व्याजदरमा ऋण प्रदान गर्ने । ४) सदस्यहरुलाई आयआर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने । ५) सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने विभिन्न किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने । ६) साधारण सदस्यहरुको आर्थिक अवस्थाको विकास र प्रवद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्गठनहरुको दाँजोमा पुग्ने उद्देश्य लिई गठित विभिन्न छाता संघहरुको सदस्यता ग्रहण गर्ने ।७) दातृ संस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने ।८) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहयोगात्मक भावना राख्ने । ९) सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियम र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका साथै चल–अचल सम्पति आर्जन गर्ने, क्रय–विक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, धरौटी राख्ने । १०) सदस्यहरु तथा संस्थागत विकासका लागि आयआर्जन परियोजना सञ्चालन गर्ने ।११) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक, सामाजिक उत्थानमा सहयोग पु¥याउने। १२) अन्य संघ संस्थाबाट ऋण लिने र दिने ।१३) संस्था द्वारा नै सहकारी तथा वित्तीय शिक्षा तथा सदस्यहरुलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउने । १४) सदस्यहरुलाई स्वरोजगार मार्फत स्वावलम्बी बनाउन पहल कदमी गर्ने ।

सस्थाबाट उपलब्ध गैर वित्तीय सेवाहरुः

निःशुल्क स्वास्थ्य शिविर योग शिविर सञ्चालनरक्तदान कार्यक्रम ट्राफिक सचेतना कार्यक्रम किशोर किशोरी लागु औषत सचेतना कार्यक्रम सेनेटरी प्याड बनाउने तालिम गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समागी वितरण कार्यक्रम महिला सदस्यहरुलाई चुरा वनाउने तालिम सञ्चालनहरितालिका तिजको उपलक्ष्यमा तिज गीत प्रतियोगिता सञ्चालनअन्तर लघुवित्त समूहमा हाजिरीजवाफ प्रतियोगितासामुदायिक वनमा वृक्षारोपण कार्यक्रम उद्यमशीलता विकास तालिम सञ्चालन समूहगत शेयर सदस्यहरुलाई कृषि औजार वितरण । संस्थाका सदस्यहरु सुत्केरी भएपश्चात् घरमा गई आमा र नवजात शिशुको लागि पोषणयुक्त खाद्यवस्तु र बच्चाको बालखाता खोली पासबुक प्रदान गर्ने कार्य गदै आइरहेको ।यस सस्थाका ज्येष्ठ सदस्यहरुलाई ज्येष्ठताको आधारमा वार्षिक सम्मान कार्यक्रम गर्दै आइरहेको छ । बाल बचत वृद्धि प्रोत्साहन गर्न रु. ५०,०००।– पुगे पश्चात् बाल सदस्यको जन्मदिनमा केक उपहार र शुभकाना प्रदान गरिने । विभिन्न अस्पताल तथा संघ संस्थाहरुमा छुटकार्डको व्यवस्था गरिएको । सस्थाका शेयर सदस्यहरु कुनै पनि आकस्मिक दुर्घटना परी संस्थामा खवर भएको अवस्थामा मेडिकल सम्म पु¥याई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले रु २०,०००।– सम्म १ महिना निव्र्याज रकम उपलब्ध हुने व्यवस्था रहेको ।नेपाल सरकारको साना व्यवसायी तथा युवा स्वरोजगार कोषबाट सहुलियत कर्जा लिई सदस्यहरुलाई बुझाएको व्याज रकममा ६०% फिर्ता हुने गरी परियोजना र सदस्यको विमा हुने गरी कर्जा लगानी गरिएको ।नेपाल सरकारबाट द्वन्द्व प्रभावितको प्रमाण लिएका सदस्यहरुलाई रु २००००।– सम्म निर्ब्याजी ऋण रकम उपलब्ध गराइएको ।सदस्य राहत कार्यक्रममा रु १०० मा सहभागी सदस्यहरुको हकमा निजको मृत्युमा निजको घरपरिवारमा रु १००००।– र रु १००० मा सहभागी सदस्यहरुको हकमा निजको मृत्युमा निजको घरपरिवारमा रु २५०००।– राहत स्वरुप रकम उपलव्ध गराउने । सस्थाले विभिन्न विद्यामा हरेक वर्ष पुरस्कारको व्यवस्था गरी उत्कृष्ट बचत कर्ता सदस्य सम्मान, उत्कृष्ट ऋणी सदस्य सम्मान, उत्कृष्ट बाल बचतकर्ता सम्मान, उत्कृष्ट सेवाकेन्द्र सम्मान, अधिकतम् शेयर सदस्य वृद्धि गर्ने सदस्य सम्मान र उत्कृष्ट व्यवसायी सम्मान लगायतका विभिन्न अवसर पारी सम्मान गर्ने व्यवस्था गरेको । संस्थाका सबै सेवाकेन्द्रहरुमा रेमिट्यान्स सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध गरिएको । ऋणी सदस्यहरुको ऋण विमा लागु गरिएको ।

छवि र साख

१. नेफ्स्कून र एसियाली ऋण महासङ्घ (ACCU) को प्राविधिक सहकार्यमा सञ्चालित एसियालीस्तरको गुणस्तर सुनिश्चितता कार्यक्रममा एसियाली स्तरको ACCESS (BRONZE) गुणस्तर प्रमाणपत्र २०७६ प्राप्त गर्न सफल सहकारी संस्था । २. राष्ट्रिय सहकारी महासङ्घ लि. बाट २०७४ सालमा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्न सफल सहकारी संस्था । ३. २०७३ सालदेखि निरन्तर नेपाल स्तरीय गुणस्तर प्रोबेसन ब्राण्ड प्राप्त गरेको संस्था । ४. नेप्mस्कूनबाट गण्डकी प्रदेशको उत्कृष्ठ सहकारी संस्थाको रुपमा सम्मानित संस्था । ५ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.बाट विभिन्न विधामा सम्मानित भएको संस्था । ६. जिल्ला सहकारी संघ लि.बाट उत्कृष्ट व्यवसाय पुरस्कारबाट पुरस्कृत संस्था । ७. राष्ट्रिय सहकारी बैंक लि.बाट उत्कृष्ट कारोवार सम्मान संस्था । ८. नेफस्कूनबाट गण्डकी प्रदेशको उत्कृष्ठ व्यवस्थापक पुरस्कार प्राप्त गर्न सफल संस्थाका CEO बाट व्यवस्थापन भएको संस्था ।