हाम्रोबारेAbout Us

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिMadhyanepal Saving & Credit Cooperative Society Ltd — २०५४ सालदेखि समर्पितserving since 2054

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

Madhyanepal Saving & Credit Cooperative  Society Ltd

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी (ब.सु.पू.) जिल्लामा स्थापित एक सीमित दायित्व भएको वित्तीय सहकारी संस्था हो । यस संस्थाको मुख्य कार्यालय देवचुली नगरपालिका वडा नं. १४, प्रगतिनगरमा रहेको छ । देवचुली नगरपालिका भित्र केन्द्रीय कार्यालय रहेको नवप्रगति पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि., परोपकार वचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७७ पौष २८ गतेको संयुक्त साधारण सभाबाट एकीकरण गर्ने निर्णय अनुरुप मिति २०७८/०१०८ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट स्वीकृति लिई मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (दर्ता नं. ९७/२०५४/०५५), पान नं. (३०३३६६३९९) को नामबाट सञ्चालित भएको समुदायमा आधारित सहकारी संस्थाको रुपमा स्थापित छ। गत आ.व. २०७६/०७७ मा साविक नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. मा ४ वटा संस्था एकीकरण भएका थिए भने साविक परोपकार वचत तथा ऋण सहकारी संस्था लि.मा ३ वटा सहकारी संस्था एकीकरण भएका थिए ।

Madhya Nepal Saving and Credit Cooperative Ltd. is a limited liability financial cooperative institution established in Nawalparasi (Bardaghat Susta East) District. The head office of the institution is located at Pragatinagar, Ward No. 14, Devchuli Municipality. In accordance with the decision made at the joint General Assembly held on Poush 28, 2077 B.S. by Navapragati Prithvi Saving and Credit Cooperative Ltd., Paropakar Saving and Credit Cooperative Ltd., and Grameen Divyalaxmi Saving and Credit Cooperative Ltd., all of which had their central offices within Devchuli Municipality, the institutions were merged.

Following the approval granted on 2080/01/08 B.S. by the Office of the Cooperative Registrar, Ministry of Land Management, Agriculture and Cooperatives, Gandaki Province, Pokhara, the merged institution has been operating under the name Madhya Nepal Saving and Credit Cooperative Ltd. (Registration No. 97/2054/055, PAN No. 303366399) as a community-based cooperative institution. During the fiscal year 2076/077 B.S., four cooperative institutions were merged into the former Navapragati Prithvi Saving and Credit Cooperative Ltd., while three cooperative institutions were merged into the former Paropakar Saving and Credit Cooperative Ltd.

२७३८६
सक्रिय सदस्यहरूActive Members
रू १२९ करोड NPR 129 Cr
कुल बचतTotal Savings
२९
सेवाको वर्षYears of Service
१२
शाखाहरूBranches
सदस्यता आवेदनMembership Application
  • हाम्रो दृष्टि Vision
  • आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण Building financially strong and self-reliant members
  • पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन Transparent and accountable financial management
  • समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका Active cooperative role in holistic community development
  • डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान Delivering accessible and effective services through digital technology
  • हाम्रा उद्देश्य Objectives
  • संस्थामा संलग्न सदस्यहरू र जनसमुदायबीच स्वावलम्बन, पारस्परिक सहयोग, मितव्ययिता अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवर्द्धन गर्ने। To encourage regular savings by promoting self-reliance, mutual cooperation, and financial discipline among members and the community.
  • नियमित रूपमा सदस्यहरूबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरूले गरेको निक्षेपमा कानुन बमोजिम तोकिएको दरमा ब्याज दिने। To mobilize regular savings from members and provide interest on their deposits in accordance with the rates prescribed by law.
  • उत्पादनशील, आयमूलक, सीपमूलक लगायतका उद्देश्यका लागि सदस्यहरूलाई प्रचलित सहकारी कानुन बमोजिम उचित ब्याजदरमा ऋण प्रदान गर्ने। To provide loans to members at fair interest rates, in accordance with the prevailing cooperative laws, for productive, income-generating, skill-development, and other approved purposes.
  • सदस्यहरूलाई आयआर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने। To provide members with the necessary support and information to enhance their income-generating capacity.
  • हाम्रा नैतिकता Our Ethics
  • इमानदारी Honesty खुलापन Openness सामाजिक उत्तरदायित्व Social Responsibility अरूको हेरचाह Caring for Others

हाम्रो गौरवमय यात्राOur Glorious Journey

२०५८2058 देखि आजसम्म — गौरव र प्रगतिको कथा— A tale of pride and progress through the years

उत्कृष्ट सहकारी सम्मानBest Cooperative Award

राष्ट्रिय सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी संस्थाको सम्मान प्राप्त — दशकौंको मेहनत र समर्पणको फल।Honoured as best cooperative by the National Cooperative Federation — the fruit of decades of hard work and dedication.

२०८२ 2082
Best Cooperative Award
२०८२ 2082
Silver Jubilee Year 2079
२०७९ 2079
२०७९ 2079

रजत बर्ष २०७९Silver Jubilee Year 2079

रजत वर्ष (२०७९) मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इतिहासमा अत्यन्तै महत्वपूर्ण, गौरवमय र स्मरणीय वर्षको रूपमा स्थापित भएको वर्ष हो। संस्थाले आफ्नो २५ वर्षे सफल यात्रा पूरा गर्दै सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, पूर्वपदाधिकारी तथा शुभेच्छुकहरूको सक्रिय सहभागितामा रजत वर्ष भव्य रूपमा मनाएको थियो।The Silver Jubilee year (2079 BS) stands as a highly significant, glorious, and memorable milestone in the history of Madhya Nepal Savings and Credit Cooperative Society Limited. Marking the completion of a successful 25-year journey, the organization celebrated the Silver Jubilee in a grand manner with the active participation of members, staff, board members, advisors, former office-bearers, and well-wishers.

मोबाइल बैंकिङ सेवाMobile Banking Service

स्मार्टफोनमार्फत बचत, ऋण र कारोबार विवरण हेर्ने सुविधा सहितको मोबाइल एप सार्वजनिक गरियो।A mobile app was released allowing members to view savings, loans and transaction history from their smartphones.

२०७८ 2078
Mobile Banking Service
२०७८ 2078
10,000 Members Milestone
२०७५ 2075
२०७५ 2075

सदस्य संख्या १० हजार10,000 Members Milestone

संस्थाको सदस्य संख्या ऐतिहासिक रूपमा १० हजार पुग्यो — समुदायको विश्वासको प्रमाण।Membership reached a historic 10,000 — a testament to the community's trust.

डिजिटल सेवा शुरूDigital Services Launched

अनलाइन खाता व्यवस्थापन र डिजिटल कारोबार प्रणालीको सुरुवातले सेवाको पहुँच झनै सहज बनायो।Online account management and digital transaction systems were introduced, making services far more accessible.

२०७२ 2072
Digital Services Launched
२०७२ 2072
Women Empowerment Initiative
२०६८ 2068
२०६८ 2068

महिला सशक्तिकरण कार्यक्रमWomen Empowerment Initiative

महिला सदस्यहरूका लागि विशेष ऋण तथा तालिम कार्यक्रम शुरू गरी लैंगिक समानताको दिशामा ठोस कदम चालियो।Special loan and training programmes for women members were launched, taking a concrete step towards gender equality.

पहिलो शाखा विस्तारFirst Branch Opened

संस्थाको पहिलो शाखा कार्यालय स्थापना गरी आसपासका क्षेत्रमा सेवा विस्तार गरियो।The first branch office was established, extending services to surrounding areas.

२०६४ 2064
First Branch Opened
२०६४ 2064
First Savings Programme
२०६१ 2061
२०६१ 2061

पहिलो बचत कार्यक्रमFirst Savings Programme

सदस्यहरूमा बचत संस्कार विकास गर्न पहिलो आवधिक बचत योजना लागू गरियो।The first periodic savings plan was launched to build a culture of saving among members.

संस्था स्थापनाOrganization Founded

सहकारी ऐन अन्तर्गत संस्थाको औपचारिक दर्ता र स्थापना। संस्थापक सदस्यहरूको दृढ संकल्पले यस यात्राको सुरुवात भयो।Formally registered and established under the Cooperative Act. The founding members began this journey with firm resolve.

२०५८ 2058
Organization Founded
२०५८ 2058

एकीकरण इतिहास Merger History

संस्थाको विकासयात्रामा भएका सहकारी एकीकरणहरू Cooperative mergers in the institution's journey of growth

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. Madhya Nepal Saving & Credit Cooperative Ltd.
विवरण हेर्नुहोस् View Detail
नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. Nawapragati Prithvi Saving & Credit Cooperative Ltd.
२०७७-०९-२८ 2077-09-28
विवरण हेर्नुहोस् View Detail
नवप्रगति बचत तथा ऋण सहकारी संस्था लि. Nawa Pragati Saving & Credit Cooperative Ltd.
२०७६-०४-२५ 2076-04-25
विवरण हेर्नुहोस् View Detail
पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. Prithvi Saving & Credit Cooperative Ltd.
२०७६-०४-२५ 2076-04-25
विवरण हेर्नुहोस् View Detail
विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. Bishwojyoti Saving & Credit Cooperative Ltd.
२०७६-०४-२५ 2076-04-25
विवरण हेर्नुहोस् View Detail
हाम्रो जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि. Hamro Janasewa Multipurpose Cooperative Ltd.
२०७६-०४-२५ 2076-04-25
विवरण हेर्नुहोस् View Detail
परोपकार बचत तथा ऋण सहकारी संस्था लि. Paropakar Saving & Credit Cooperative Ltd
२०७७-०९-२८ 2077-09-28
विवरण हेर्नुहोस् View Detail
देवचुली बहुउद्देश्यीय सहकारी संस्था लि. Devchuli Multipurpose Cooperative Ltd.
२०७३-०५-२३ 2073-05-23
विवरण हेर्नुहोस् View Detail
पारदर्शी बचत तथा ऋण सहकारी संस्था लि. Paradarshi Saving & Credir Cooperative Ltd.
२०७६-०३-२८ 2076-03-28
विवरण हेर्नुहोस् View Detail
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. Shubhakamana Saving & Credit Cooperative Ltd.
२०७६-०३-२८ 2076-03-28
विवरण हेर्नुहोस् View Detail
ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. Gramin Divya Laxmi Saving & Credit Cooperative Ltd.
२०७७-०९-२८ 2077-09-28
विवरण हेर्नुहोस् View Detail

सहकारीका प्रमुख सिद्धान्तहरूKey Principles of Cooperative

सहकारीका मूल सिद्धान्तहरू जसले संस्थाको सञ्चालन र सदस्यहरूको व्यवहारलाई मार्गदर्शन गर्छन्Core principles that guide our cooperative's operations and the conduct of its members

स्वेच्छिक तथा खुला सदस्यताVoluntary and Open Membership सहकारीमा योग्यता पुरा भएको व्यक्ति स्वेच्छाले सदस्य बन्न र छोड्न कुनै बन्देज छैन।There shall be no restriction for a qualified person to voluntarily become and leave the co-operative.
सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रणDemocratic Member Control सहकारी सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रणमा सञ्चालन गरिएको हुन्छ।The co-operative is run under the democratic control of the members.
सदस्यहरूको आर्थिक सहभागिताMember Economic Participation सदस्यहरूले पूँजीमा योगदान गर्छन् र सहकारीबाट भएको बचत वा नाफा सदस्यहरूको हितमा प्रयोग गरिन्छ।Members contribute to the capital and savings or profits from the cooperative are used for the benefit of the members.
स्वायत्तता तथा स्वतन्त्रताAutonomy and Independence सहकारी स्वतन्त्र संस्था हो जुन सदस्यद्वारा निर्वाचित सञ्चालकहरूबाट सञ्चालित हुन्छ।Co-operatives are independent organizations governed by directors elected by the members.
शिक्षा, तालिम तथा सूचनाEducation, Training and Information सदस्य, कर्मचारी, सञ्चालक तथा समुदायलाई आवश्यक शिक्षा र तालिमहरू नियमित सञ्चालन गर्दछ।Cooperatives conduct regular education and training for members, employees, directors and the community.
सहकारीबीच सहकार्यCooperation among Cooperatives सहकारीहरूले आपसमा सहकार्य गरी सदस्यलाई अझ प्रभावकारी सेवा प्रदान गर्छन्।Cooperatives collaborate with each other to provide more effective services to their members.
समुदायप्रतिको चासोConcern for Community सहकारीले समुदायको दिगो विकासमा योगदान पुर्‍याउँछ।Cooperatives contribute to the sustainable development of the community.

सहकारीका आधार मूल्यहरूBase Values of Cooperative

सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, मानव केन्द्रित, लोकतान्त्रिक, नैतिक तथा सामाजिक उत्तरदायित्वमा आधारित संस्था हो। यी मूल्यहरूले सदस्यहरूबीच विश्वास, सहकार्य, समानता, उत्तरदायित्व र सामूहिक समृद्धिको भावना विकास गर्छन्।Co-operatives are not only financial institutions but are based on human centered, democratic, moral and social responsibility. These values foster a sense of trust, cooperation, equality, responsibility and collective prosperity among members.

आत्म सहयोगSelf-help

आत्म सहयोग भन्नाले आफ्नो समस्या आफैं समाधान गर्ने, आफ्नै श्रम, सीप, बचत र सामूहिक प्रयासद्वारा आत्मनिर्भर बन्ने भावना हो।Self-help is the feeling of solving one's own problems and becoming self-reliant through one's own labor, skills, savings and collective efforts.

स्व उत्तरदायित्वSelf-responsibility

सहकारीको प्रत्येक सदस्यले आफ्नो अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी पनि इमानदारीपूर्वक पूरा गर्नुपर्छ भन्ने भावना नै स्व उत्तरदायित्व हो।Self-responsibility is the feeling that every member of a cooperative should fulfill their duties and responsibilities honestly along with their rights.

लोकतन्त्रDemocracy

सहकारी लोकतान्त्रिक पद्धतिबाट सञ्चालन हुने संस्था हो। यहाँ सबै सदस्य समान हुन्छन् र "एक सदस्य, एक मत" को सिद्धान्तअनुसार निर्णय गरिन्छ।Co-operatives are democratically governed. All members are equal and decisions are made according to the principle of "one member, one vote".

समानताEquality

सहकारीमा जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था, पेशा वा सामाजिक हैसियतका आधारमा कुनै पनि सदस्यमाथि विभेद गरिँदैन। सबै सदस्यलाई समान अधिकार र अवसर प्रदान गरिन्छ।No member is discriminated against on the basis of caste, religion, gender, language, economic status, occupation or social status. All members are given equal rights and opportunities.

न्यायJustice

समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु हो भने न्याय भनेको आवश्यकता, योगदान र परिस्थितिअनुसार न्यायपूर्ण व्यवहार गर्नु हो।Equality means treating everyone equally, while justice means treating people fairly according to needs, contributions, and circumstances.

ऐक्यबद्धताSolidarity

ऐक्यबद्धता भन्नाले सदस्यहरूबीच आपसी सहयोग, विश्वास, एकता र सामूहिक उत्तरदायित्वको भावना हो। सहकारीमा व्यक्तिगत हितभन्दा सामूहिक हितलाई प्राथमिकता दिइन्छ।Solidarity means mutual cooperation, trust, unity and collective responsibility among members. In cooperatives, collective interest is given priority over individual interest.

सहकारीका नैतिक मूल्यहरू Ethical Values of Cooperative

सहकारी संस्था आर्थिक कारोबार गर्ने माध्यम मात्र नभई विश्वास, पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय र सामूहिक हित मा आधारित संस्था हो। सहकारीको दिगो विकास, सुशासन तथा सदस्यहरूको विश्वास कायम राख्न नैतिक मान्यताहरू (Ethical Values) को महत्वपूर्ण भूमिका हुन्छ।Co-operatives are not only a means of carrying out financial transactions but are also based on trust, transparency, accountability, social justice and collective good. Ethical values play an important role in the sustainable development of cooperatives, good governance and maintaining the trust of members.

इमानदारीHonesty

इमानदारी भन्नाले सत्यनिष्ठ, निष्पक्ष र नैतिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नु हो।Honesty means discharging one's responsibilities in a truthful, impartial, and ethical manner.

खुलापनOpenness

सहकारीका सम्पूर्ण गतिविधि, नीति, निर्णय, आय–व्यय, कार्यक्रम तथा योजनाहरू सदस्यहरूलाई स्पष्ट र समयमै जानकारी गराउनु खुलापन हो।Openness means that all the activities, policies, decisions, income and expenditures, programs and plans of the cooperative are clearly and timely communicated to the members.

सामाजिक उत्तरदायित्वSocial Responsibility

सहकारीको उद्देश्य केवल आर्थिक कारोबार गर्नु मात्र होइन, समाजको समग्र विकासमा योगदान पुर्‍याउनु पनि हो।The purpose of cooperatives is not only to carry out economic transactions but also to contribute to the overall development of the society.

अरूको हेरचाहCaring for Others

सहकारीको आधारभूत भावना नै "एकका लागि सबै, सबैका लागि एक" हो। सदस्यहरूले एकअर्काको कल्याणमा चासो राख्नु र सहयोग गर्नु यसको मर्म हो।The basic spirit of co-operatives is "one for all, all for one". The essence of this is that members care about and help each other's welfare.

संस्थाका अग्रजको अभिव्यक्तिA Word from Our Leaders

Tulamani Poudel
अध्यक्षको सन्देश Chairman's Message
तुलमणी पौडेल
Tulamani Poudel — Chairman
"

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षको जिम्मेवारी सम्हाल्दै सहकारी क्षेत्रमा सदस्यहरूको

साझा भरोसा र सहकार्यको साक्षी हुन पाउनुमेरा लागि गर्वको विषय हो। सहकारी केवल वित्तीय कारोबार गर्नेसंस्था

मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको साझा अभियान हो भन्नेविश्वासका साथ

म निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको छु।

नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि., परोपकार बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण

दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. लगायतका स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाहरूलाई

एकीकृत गरी सदस्यहरूको पुँजी, विश्वास, अनुभव तथा स्रोत-साधनलाई एउटैसंस्थागत छातामुनि ल्याउने ऐतिहासिक

अभियानमा नेतृत्व गर्नपाउनुमेरा लागि गर्वको विषय हो। मप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरू,

सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, सल्लाहकारज्यूहरू, कर्मचारी साथीहरू तथा

शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछु।

संस्थाले ममाथि गरेको विश्वासलाई केवल पदको जिम्मेवारीका रूपमा होइन, सदस्यहरूको अमूल्य भरोसाका रूपमा

लिएको छु। यही विश्वासलाई आत्मसात्गर्दैनिष्पक्षता, पारदर्शिता, उत्तरदायित्व, इमानदारी, व्यावसायिकता र निस्वार्थ

सेवाभावलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदैसंस्थाको दिगो विकासका लागि निरन्तर क्रियाशील रहने

प्रतिबद्धता व्यक्त गर्दछु।

अध्यक्षको हैसियतलेमेरा प्रमुख प्रतिबद्धताहरू:

१. सदस्य केन्द्रित सेवा प्रवाह — सदस्य नै सहकारीका मालिक, उपभोक्ता र संरक्षक हुन्। प्रत्येक सदस्यले समान,

छिटो, गुणस्तरीय, पारदर्शी तथा विश्वसनीय सेवा प्राप्त गर्नेवातावरण सुनिश्चित गरिनेछ।

२. सुशासन र पारदर्शिता — सञ्चालक समितिको नेतृत्वमा संस्थाका सम्पूर्ण आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय

कार्यहरू प्रचलित कानुन, सहकारीका सिद्धान्त, संस्थाको विनियम तथा स्वीकृत नीति-कार्यक्रमअनुसार सञ्चालन गर्ने

कुरामा म व्यक्तिगत रूपमा जिम्मेवार रहनेछु।

३. सुरक्षित बचत र उत्पादनशील लगानी — सदस्यहरूको बचतको सुरक्षा, विवेकपूर्ण लगानी, स्वस्थ ऋण व्यवस्थापन

तथा जोखिम नियन्त्रणलाई सञ्चालक समितिको उच्च प्राथमिकतामा राखिनेछ।

४. नीति निर्देशन र निगरानी — व्यवस्थापन टोलीलाई स्पष्ट नीतिगत मार्गदर्शन प्रदान गर्दैसंस्थाको समग्र

कार्यसम्पादनमाथि प्रभावकारी निगरानी राखिनेछ।

५. सदस्य शिक्षा र वित्तीय साक्षरता — सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यम विकास, युवा तथा महिला

सशक्तीकरण, कृषि तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी सदस्यहरूको जीवनस्तर उकास्न विशेष पहल

गरिनेछ।

६. संस्थागत दिगोपन — आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदैजोखिम व्यवस्थापन, पूँजी वृद्धि, तरलता

व्यवस्थापन तथा वित्तीय अनुशासनमार्फत संस्थालाई थप सबल र प्रतिस्पर्धी बनाइनेछ।


७. सामाजिक उत्तरदायित्व — संस्था केवल आर्थिक कारोबारमा सीमित नरही शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण,

विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रममार्फत समुदायप्रति आफ्नो उत्तरदायित्व पूरा

गर्नेछ।

८. सहकार्यर साझेदारी — स्थानीय सरकार, सहकारी संघ-संस्था, बैंक तथा वित्तीय संस्था, विकास साझेदार र

सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्यगर्दैसंस्थाको विकासलाई थप प्रभावकारी बनाइनेछ।

हाम्रो लक्ष्य केवल संस्थाको आकार बढाउनुहोइन, सदस्यहरूको जीवनस्तर उकास्नु, संस्थाप्रतिको विश्वास अझ सुदृढ

बनाउनु, आर्थिक रूपमा सक्षम, प्रविधिमैत्री, सुशासित तथा उदाहरणीय सहकारी संस्था निर्माण गर्नुहो। यस यात्रामा

सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूबीचको आपसी विश्वास,

सहकार्यर एकता नैहाम्रो सबैभन्दा ठूलो शक्ति हो।

अन्त्यमा, सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मर्मलाई आत्मसात्गर्दै सदस्यहरूको हितलाई सर्वोपरि राखी

संस्थालाई थप सक्षम, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी र दिगो बनाउनेकार्यमा पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास

दिलाउन चाहन्छु। आगामी दिनहरूमा पनि यहाँहरूबाट प्राप्त हुने अमूल्य सुझाव, रचनात्मक सहयोग, विश्वास र

सद्भावलेसंस्थालाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेपूर्णविश्वासका साथ सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी

तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Serving as the Chairperson of Madhyanepal Saving and Credit Co-operative Ltd. and being able to

witness the shared trust and collaboration of our members in the co-operative sector is a matter of


great pride for me. I have continued to carry out this responsibility with the firm belief that a co-

operative is not merely an institution for financial transactions, but a shared movement for the


economic, social, and cultural transformation of its members.

Leading the historic effort to unify locally operating co-operative institutions — including


Nawapragati Prithvi Saving and Credit Co-operative Ltd., Paropakar Saving and Credit Co-

operative Ltd., and Gramin Divyalaxmi Saving and Credit Co-operative Ltd. — and bringing


members' capital, trust, experience, and resources under one institutional umbrella, has been a

matter of pride for me. I extend my heartfelt gratitude and respect to all members, the board of

directors, the audit supervision committee, various sub-committees, advisors, staff colleagues, and

well-wishers who have placed their trust in me.

I regard the trust the institution has placed in me not merely as an official responsibility, but as the

invaluable confidence of our members. Embracing this trust, I commit to making fairness,

transparency, accountability, integrity, professionalism, and selfless service the foundation of my

working approach, continuously working toward the sustainable development of the institution.

My Key Commitments as Chairperson:

1. Member-Centered Service — Members are the owners, consumers, and guardians of the

co-operative. We will ensure every member receives equal, prompt, quality, transparent, and

reliable service.


2. Good Governance and Transparency — Under the leadership of the board of directors, I

will remain personally accountable for ensuring all financial, administrative, and managerial

functions comply with prevailing laws, co-operative principles, institutional bylaws, and

approved policies.

3. Safe Savings and Productive Investment — The board of directors will give top priority to

the safety of members' savings, prudent investment, sound loan management, and risk

control.

4. Policy Guidance and Oversight — Clear policy direction will be provided to the

management team, along with effective oversight of the institution's overall performance.

5. Member Education and Financial Literacy — Programs on co-operative education,

financial literacy, entrepreneurship development, youth and women's empowerment,

agriculture, and self-employment promotion will be conducted to improve members' quality

of life.

6. Institutional Sustainability — Internal control systems will be strengthened through

effective risk management, capital growth, liquidity management, and financial discipline to

make the institution stronger and more competitive.

7. Social Responsibility — Beyond financial transactions, the institution will fulfill its

responsibility to the community through education, health, environmental conservation,

disaster management, blood donation, tree plantation, and social service programs.

8. Collaboration and Partnership — Necessary coordination will be maintained with local

government, co-operative federations, banks and financial institutions, development

partners, and stakeholders to make institutional development more effective.

Our goal is not merely to grow the size of the institution, but to uplift the living standards of our

members, strengthen trust in the institution, and build a financially capable, technology-driven,

well-governed, and exemplary co-operative. In this journey, mutual trust, collaboration, and unity

among the board of directors, audit supervision committee, staff, members, and all stakeholders

remain our greatest strength.

In closing, embracing the international principles and values of the co-operative movement, and

placing members' interests above all, I wish to assure everyone of my full commitment to making

this institution more capable, secure, technology-friendly, transparent, and sustainable. With full

confidence that the valuable suggestions, constructive support, trust, and goodwill received from all

of you will continue to elevate this institution to new heights, I extend my heartfelt thanks to all

members, the board of directors, staff, and well-wishers.

तुलमणी पौडेल, अध्यक्ष Tulamani Poudel, Chairman
Narbhupal Bhusal
प्रमुख कार्यकारी अधिकृतको सन्देश Chief Executive Officer's Message
नरभूपाल भुसाल
Narbhupal Bhusal — Chief Executive Officer
"

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै सहकारी क्षेत्रमा

आफ्नो व्यावसायिक यात्रा अगाडि बढाउन पाउनुमेरा लागि गर्वको विषय हो। सहकारी केवल वित्तीय कारोबार गर्ने

संस्था मात्र नभई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको साझा अभियान हो भन्नेविश्वासका

साथ म निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको छु।


स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकीकृत गरी सदस्यहरूको पुँजी, विश्वास, अनुभव तथा स्रोत-

साधनलाई एउटैसंस्थागत छातामुनि ल्याउने ऐतिहासिक अभियानमा व्यवस्थापकीय नेतृत्व प्रदान गर्नपाउनुमेरा लागि


गर्वको विषय हो। मप्रति विश्वास व्यक्त गर्नुहुने अध्यक्षज्यू, सम्पूर्ण सदस्यज्यूहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण

समिति, विभिन्न उपसमितिहरू, सल्लाहकारज्यूहरू, कर्मचारी साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा

सम्मान व्यक्त गर्दछु।

संस्थाले ममाथि गरेको विश्वासलाई केवल पदको जिम्मेवारीका रूपमा होइन, सदस्यहरूको अमूल्य भरोसाका रूपमा

लिएको छु। यही विश्वासलाई आत्मसात्गर्दैनिष्पक्षता, पारदर्शिता, उत्तरदायित्व, इमानदारी, व्यावसायिकता र निस्वार्थ

सेवाभावलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदैसंस्थाको दिगो विकासका लागि निरन्तर क्रियाशील रहने

प्रतिबद्धता व्यक्त गर्दछु।

प्रमुख कार्यकारी अधिकृतको हैसियतलेमेरा प्रमुख प्रतिबद्धताहरू:

१. सदस्य केन्द्रित सेवा प्रवाह — सदस्य नै सहकारीका मालिक, उपभोक्ता र संरक्षक हुन्। प्रत्येक सदस्यले समान,

छिटो, गुणस्तरीय, पारदर्शी तथा विश्वसनीय सेवा प्राप्त गर्नेवातावरण दैनिक व्यवस्थापकीय तहबाट सुनिश्चित गरिनेछ।

२. सुशासन र पारदर्शिता — संस्थाका सम्पूर्ण आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू प्रचलित कानुन,

सहकारीका सिद्धान्त, संस्थाको विनियम तथा स्वीकृत नीति-कार्यक्रमअनुसार सञ्चालन गरिनेछन्। प्रत्येक निर्णयमा

पारदर्शिता र उत्तरदायित्व कायम गरिनेछ।

३. सुरक्षित बचत र उत्पादनशील लगानी — सदस्यहरूको बचतको सुरक्षा, विवेकपूर्ण लगानी, स्वस्थ ऋण व्यवस्थापन

तथा जोखिम नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी संस्थाको वित्तीय स्थायित्व सुदृढ बनाइनेछ।

४. आधुनिक प्रविधिको अधिकतम प्रयोग — डिजिटल बैंकिङ, मोबाइल सेवा, अनलाइन प्रणाली, आधुनिक सफ्टवेयर

तथा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरी सदस्यमैत्री, छिटो र सुरक्षित सेवा उपलब्ध गराइनेछ।

५. कर्मचारी क्षमता विकास — योग्य, दक्ष, अनुशासित र सेवामुखी कर्मचारी नैसंस्थाको बलियो आधार हुन्।

कर्मचारीहरूको नियमित तालिम, क्षमता अभिवृद्धि, कार्यसम्पादन मूल्याङ्कन तथा उत्प्रेरणालाई प्राथमिकता दिइनेछ।

६. सदस्य शिक्षा र वित्तीय साक्षरता — सहकारी शिक्षा, वित्तीय साक्षरता, उद्यम विकास, युवा तथा महिला

सशक्तीकरण, कृषि तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी सदस्यहरूको जीवनस्तर उकास्न विशेष पहल

गरिनेछ।

७. संस्थागत दिगोपन — आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदैजोखिम व्यवस्थापन, पूँजी वृद्धि, तरलता

व्यवस्थापन, वित्तीय अनुशासन तथा PEARLS सूचकाङ्क सुधारमार्फत संस्थालाई थप सबल र प्रतिस्पर्धी बनाइनेछ।

८. नवप्रवर्तन र सेवा विस्तार — समयको मागअनुसार नयाँ बचत तथा ऋण योजना, डिजिटल सेवा, सदस्यमैत्री

कार्यक्रम तथा आवश्यक नवीन सेवाहरू विकास गरी संस्थाको पहुँच विस्तार गरिनेछ।


९. सामाजिक उत्तरदायित्व — संस्था केवल आर्थिक कारोबारमा सीमित नरही शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण,

विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रममार्फत समुदायप्रति आफ्नो उत्तरदायित्व पूरा

गर्नेछ।

१०. सहकार्यर साझेदारी — स्थानीय सरकार, सहकारी संघ-संस्था, बैंक तथा वित्तीय संस्था, विकास साझेदार र

सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्यगर्दैसंस्थाको विकासलाई थप प्रभावकारी बनाइनेछ।

हाम्रो साझा लक्ष्य केवल संस्थाको आकार बढाउनुहोइन, सदस्यहरूको जीवनस्तर उकास्नु, संस्थाप्रतिको विश्वास अझ

सुदृढ बनाउनु, आर्थिक रूपमा सक्षम, प्रविधिमैत्री, सुशासित तथा उदाहरणीय सहकारी संस्था निर्माण गर्नुहो। यस

यात्रामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूबीचको आपसी

विश्वास, सहकार्यर एकता नैहाम्रो सबैभन्दा ठूलो शक्ति हो।

अन्त्यमा, सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मर्मलाई आत्मसात्गर्दै सदस्यहरूको हितलाई सर्वोपरि राखी

संस्थालाई थप सक्षम, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी र दिगो बनाउनेकार्यमा व्यवस्थापन टोली पूर्ण रूपमा प्रतिबद्ध

रहेको विश्वास दिलाउन चाहन्छु। आगामी दिनहरूमा पनि यहाँहरूबाट प्राप्त हुने अमूल्य सुझाव, रचनात्मक सहयोग,

विश्वास र सद्भावलेसंस्थालाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेपूर्णविश्वासका साथ सम्पूर्ण सदस्य, सञ्चालक समिति,

कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Taking on the responsibility of Chief Executive Officer of Madhyanepal Saving and Credit Co-

operative Ltd. and continuing my professional journey in the co-operative sector is a matter of great


pride for me. I have carried out this responsibility with the firm belief that a co-operative is not

merely an institution for financial transactions, but a shared movement for the economic, social, and

cultural transformation of its members.

Providing managerial leadership for the historic effort to unify locally operating co-operative

institutions and bring members' capital, trust, experience, and resources under one institutional

umbrella has been a matter of pride for me. I extend my heartfelt gratitude and respect to the


Chairperson, all members, the board of directors, the audit supervision committee, various sub-

committees, advisors, staff colleagues, and well-wishers who have placed their trust in me.


I regard the trust the institution has placed in me not merely as an official responsibility, but as the

invaluable confidence of our members. Embracing this trust, I commit to making fairness,

transparency, accountability, integrity, professionalism, and selfless service the foundation of my

working approach, continuously working toward the sustainable development of the institution.

My Key Commitments as Chief Executive Officer:

1. Member-Centered Service Delivery — Members are the owners, consumers, and

guardians of the co-operative. Every member will be ensured equal, prompt, quality,

transparent, and reliable service through day-to-day management operations.

2. Good Governance and Transparency — All financial, administrative, and managerial

functions will be conducted in accordance with prevailing laws, co-operative principles,


institutional bylaws, and approved policies, with transparency and accountability upheld in

every decision.

3. Safe Savings and Productive Investment — Priority will be given to the safety of

members' savings, prudent investment, sound loan management, and risk control to

strengthen the institution's financial stability.

4. Maximum Use of Modern Technology — Digital banking, mobile services, online

systems, modern software, and information technology will be expanded to provide

member-friendly, fast, and secure services.

5. Staff Capacity Development — Competent, skilled, disciplined, and service-oriented staff

form the institution's strongest foundation. Regular training, capacity building, performance

evaluation, and motivation of staff will remain a priority.

6. Member Education and Financial Literacy — Programs on co-operative education,

financial literacy, entrepreneurship development, youth and women's empowerment,

agriculture, and self-employment promotion will be conducted to improve members' quality

of life.

7. Institutional Sustainability — Internal control systems will be strengthened through

effective risk management, capital growth, liquidity management, financial discipline, and

improvement of PEARLS indicators, making the institution stronger and more competitive.

8. Innovation and Service Expansion — New savings and loan schemes, digital services,

member-friendly programs, and other necessary innovative services will be developed in

line with evolving needs to expand institutional outreach.

9. Social Responsibility — Beyond financial transactions, the institution will fulfill its

responsibility to the community through education, health, environmental conservation,

disaster management, blood donation, tree plantation, and social service programs.

10.Collaboration and Partnership — Necessary coordination will be maintained with local

government, co-operative federations, banks and financial institutions, development

partners, and stakeholders to make institutional development more effective.

Our shared goal is not merely to grow the size of the institution, but to uplift the living standards of

our members, strengthen trust in the institution, and build a financially capable, technology-driven,

well-governed, and exemplary co-operative. In this journey, mutual trust, collaboration, and unity

among the board of directors, audit supervision committee, staff, members, and all stakeholders

remain our greatest strength.

In closing, embracing the international principles and values of the co-operative movement, and

placing members' interests above all, I wish to assure everyone that the entire management team

remains fully committed to making this institution more capable, secure, technology-friendly,

transparent, and sustainable. With full confidence that the valuable suggestions, constructive

support, trust, and goodwill received from all of you will continue to elevate this institution to new

heights, I extend my heartfelt thanks to all members, the board of directors, staff, and well-wishers.

नरभूपाल भुसाल, प्रमुख कार्यकारी अधिकृत Narbhupal Bhusal, Chief Executive Officer

सञ्चालक समिति Board Members

Tulamani Poudel
अध्यक्ष Chairman
तुलमणी पौडेल
Tulamani Poudel
Premakumari Khanal
उपाध्यक्ष Vice Chairperson
प्रेमाकुमारी खनाल
Premakumari Khanal
Dilaram Pandey
सचिव Secretary
डिलाराम पाण्डे
Dilaram Pandey
Jaganath Aryal
कोषाध्यक्ष Treasurer
जगन्नाथ अर्याल
Jaganath Aryal
Lila Devi Sharma
सदस्य Member
लिला देवी शर्मा
Lila Devi Sharma
Debendra Bhattarai
सदस्य Member
देबेन्द्र भट्टराई
Debendra Bhattarai
Liladhar Adhikari
सदस्य Member
लिलाधर अधिकारी
Liladhar Adhikari
Ramesh Prasad Bhurtel
सदस्य Member
रमेश प्रसाद भुर्तेल
Ramesh Prasad Bhurtel
Kantimaya Giri
सदस्य Member
कान्तिमया गिरि
Kantimaya Giri
Nawaraj Pokharel
सदस्य Member
नवराज पोख्रेल
Nawaraj Pokharel
Yamkala Sharma
सदस्य Member
यमकला शर्मा
Yamkala Sharma
Bishnu Maya Shrestha
सदस्य Member
बिष्णु माया श्रेष्ठ
Bishnu Maya Shrestha
Mukti bahadur Kshetri
सदस्य Member
मुक्ति वहादुर क्षेत्री
Mukti bahadur Kshetri

लेखा सुपरिवेक्षण समिति Account Supervisor Committee

Surendra Rijal
संयोजक Co-ordinator
सुरेन्द्र रिजाल
Surendra Rijal
Anju Luitel
सदस्य Member
अन्जु लुइटेल
Anju Luitel
Sunil Neupane
सदस्य Member
सुनिल न्यौपाने
Sunil Neupane

उप समिति Sub Committee

Indra Prasad Ghimire
नवप्रगति सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Navpragati Service Center Management Subcommittee Co-ordinator
इन्द्र प्रसाद घिमिरे
Indra Prasad Ghimire
Sher Bahadur KC
पराेपकार सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Paropakar Service Center Management Subcommittee Co-ordinator
क्या. शेर बहादुर के. सी.
Sher Bahadur KC
Anil Bastakoti
दिव्यपुरी सेवाकेन्द्र व्यवस्थापक उपसमिति संयोजक Co-ordinator
अनिल बस्ताकोटी
Anil Bastakoti
पिठाैली सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Pithauli Service Center Management Subcommittee Co-ordinator
निलकण्ठ ढकाल
Nilkantha Dhakal
Radhandevi Neupane
पृथ्वी सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Prithvi Service Center Management Subcommittee Co-ordinator
राधादेवी न्यौपाने
Radhandevi Neupane
Reshamlal Chapagain
देवचुली सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Devchuli Service Center Management Subcommittee Co-ordinator
रेशमलाल चापागाई
Reshamlal Chapagain
Humakant Subedi
शुभकामना सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Shuvakamana Service Center Management Subcommittee Co-ordinator
हुमाकान्त सुबेदी
Humakant Subedi
Dhaneswori Dhakal
रजहर सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Rajahar Service Center Management Subcommittee Co-ordinator
धनेश्वरी ढकाल
Dhaneswori Dhakal
Ram Prasad Chapagain
विश्वज्याेति सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Bishwajyoti Service Center Management Subcommittee Co-ordinator
राम प्रसाद चापागाई
Ram Prasad Chapagain
Narayan Prasad Sapkota
फारम सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Faram Service Center Management Subcommittee Co-ordinator
नारायण प्रसाद सापकोटा
Narayan Prasad Sapkota
दिव्यलक्ष्मी सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक Divyalaxmi Service Center Management Subcommittee Co-ordinator
देवि पाेख्रेल
Devi Pokharel

संस्थाका कर्मचारीहरूOur Employees

समर्पित र अनुभवी कर्मचारीहरू जो सदस्यहरूको सेवामा सदैव तत्पर छन्Dedicated and experienced staff always ready to serve members

Narbhupal Bhusal
नरभूपाल भुसाल
Narbhupal Bhusal
प्रमुख कार्यकारी अधिकृत Chief Executive Officer · केन्द्रीय कार्यालय Head office
Umapati Bhattarai
उमापति भट्टराई
Umapati Bhattarai
सहायक कार्यकारी अधिकृत Assistant Executive Officer · केन्द्रीय कार्यालय Head office
Harikrishna Khanal
हरिकृष्ण खनाल
Harikrishna Khanal
अधिकृत Officer · केन्द्रीय कार्यालय Head office
Raju Shrestha
राजु श्रेष्ठ
Raju Shrestha
अधिकृत Officer · केन्द्रीय कार्यालय Head office
२७३८६
सक्रिय सदस्यहरूActive Members
रू १२९ करोड NPR 129 Cr
कुल बचतTotal Savings
१७२५१२४ 1,725,124
शेयर संख्याShare Count
२९
सेवाको वर्षYears of Service
१२
शाखाहरूBranches
रू १७४ करोड NPR 174 Cr
वासलतBalance Sheet

हाम्रा पुरस्कारहरू Our Awards

संस्थाले प्राप्त गरेका राष्ट्रिय तथा प्रादेशिक स्तरका पुरस्कारहरू National and provincial level awards received by the institution

२०८३ 2083
उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८२ Outstanding Cooperative Business Award – 2082 B.S.
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल National Cooperative Federation Ltd., Nepal
२०८० 2080
नेफ्स्कूनबाट गण्डकी प्रदेशको उत्कृष्ठ सहकारी संस्थाको रुपमा सम्मानित संस्था । Awarded as the Best Cooperative Institution in Gandaki Province by NEFSCUN.
NEFSCUN NEFSCUN
२०७९ 2079
उत्कृष्ट कारोबार सम्मान Outstanding Business Performance Award
राष्ट्रिय सहकारी बैंक लिमिटेड National Cooperative Bank Limited (NCBL)

राष्ट्रिय सहकारी बैंक लिमिटेडको ३५औँ वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७८/७९ मा शाखा कार्यालयसँग सदस्य सहकारी संस्थाले गरेको कारोबारका आधारमा श... Recognized by the National Co-operative Bank Limited (NCBL) for achieving the highest branch-level transactions during FY 2078/79.

२०७७ 2077
प्रमाणीकरण प्रमाणपत्र (PROBATION) Certificate of Professionalization (PROBATION)
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN)

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) द्वारा परोपकार बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी सुस्ता पूर्व लाई प्रभावकारी क्रेडिट युनियन... The Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) awarded this certificate to Paropakar Savings & Credit Cooperative Societ...

२०७७ 2077
प्रमाणीकरण प्रमाणपत्र (PROBATION) Certificate of Professionalization (PROBATION)
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN)

पाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) द्वारा नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासी सुस्ता पूर्व लाई बचत तथा ऋण सहकारी व... This certificate, issued by the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN), recognizes Nawapragati Prithvi Savings & Cre...

२०७६ 2076
एसियाली स्तरको ACCESS (BRONZE) गुणस्तर प्रमाणपत्र Asian-Level ACCESS (Bronze) Quality Certification
नेफ्स्कून र एसियाली ऋण महासङ्घ (ACCU) NEFSCUN and the Asian Confederation of Credit Unions (ACCU)

नेफ्स्कून र एसियाली ऋण महासङ्घ (ACCU) को प्राविधिक सहकार्यमा सञ्चालित एसियालीस्तरको गुणस्तर सुनिश्चितता कार्यक्रममा एसियाली स्तरको ACCESS (BRONZE) गुण... The cooperative successfully obtained the Asian-Level ACCESS (Bronze) Quality Certification in 2076 B.S. under the Asian Quality Assurance Program, im...

हाम्रा अन्य सेवाहरू Our Other Services

विश्वसनीय बचत योजनाहरू र सहुलियत ऋण सुविधाहरू मार्फत तपाईंको आर्थिक भविष्य सुरक्षित गर्नुहोस्। Secure your financial future with reliable savings plans and affordable loan facilities.

बचत योजनाहरू Saving Plans
नियमित, मुद्दती, बाल र महिला बचत योजनाहरू आकर्षक ब्याजदरमा। Regular, fixed, child and women savings plans at attractive rates.
थप जान्नुहोस् Learn More
किस्ता क्यालकुलेटर EMI Calculator
आफ्नो मासिक किस्ता, कुल ब्याज र कुल भुक्तानी तुरुन्त थाहा पाउनुहोस्। Calculate your monthly EMI, total interest and total payment instantly.
थप जान्नुहोस् Learn More
अनलाइन सदस्यता Online Membership
घरमै बसेर अनलाइन सदस्यता आवेदन गर्नुहोस्। Apply for membership online from the comfort of your home.
थप जान्नुहोस् Learn More
ऋण सुविधाहरू Loan Services
व्यवसाय, आवास, शिक्षा, कृषि र आकस्मिक ऋण सुलभ ब्याजदरमा। Business, housing, education and agricultural loans at affordable rates.
थप जान्नुहोस् Learn More
सदस्य पोर्टल Member Portal
आफ्नो खाता, बचत, ऋण स्थिति र कारोबार अनलाइन हेर्नुहोस्। View your account, savings, loan status and transactions online.
थप जान्नुहोस् Learn More
रेमिट्यान्स Remittance
थप जान्नुहोस् Learn More
सूचनाहरू Notices