बचत, ऋण र वित्तीय योजनाका सम्पूर्ण सुविधाहरू एकै ठाउँमा।All savings, loan and financial planning services in one place.
आकर्षक ब्याजदरमा आफ्नो भविष्यका लागि बचत गर्नुहोस्।Save for your future with attractive interest rates.
सदस्स बनि सके पछी अनिवार्य गर्नु पर्ने बचत मासिक नियमित बचत हो। यस योजनामा सदस्यहरू मासिक रूपमा संस्थामै अाएर निश्चित ताेकिएकाे रकम जम्मा गर्न सक्नुहुन्छ ।ब्याज प्रत्येक महिना तपाईंको खाताको औसत मौज्दातमा गणना गरिन्छ र वार्षिक रूपमा खातामा जम्मा हुन्छ। पासबुकको माध्यमबाट तपाईं आफ्नो कारोबारको पूरा विवरण सजिलै ट्र्याक गर्न सक्नुहुन्छ।यो योजना नयाँ सदस्यदेखि दीर्घकालीन सदस्यसम्म सबैका लागि उपयुक्त छ। यो आपत्कालीन कोषको रूपमा काम लाग्छ। Once you become a member, you are required to make regular monthly savings. Under this scheme, members can visit the institution to deposit a fixed amount each month.Interest is calculated monthly based on your account's average balance and credited to the account annually. You can easily track the full details of your transactions using a passbook.This scheme is suitable for everyone, from new to long-term members, and serves as an emergency fund.
मुद्दती बचत उच्च ब्याजदर आर्जन गर्न चाहने सदस्यहरूका लागि उत्तम विकल्प हो। निश्चित अवधिका लागि एकमुस्ट रकम जम्मा गरेर तपाईं नियमित बचतभन्दा उल्लेखनीय रूपमा बढी ब्याज पाउनुहुन्छ।१ वर्ष सम्मकाे लचिलो अवधि रोज्न मिल्छ। त्रैमासिक रूपमा ब्याज प्रदान गरिन्छ जुन तपाईं आफ्नो नियमित बचत खातामा स्वतः प्राप्त गर्न सक्नुहुन्छ। अवधि समाप्त भएपछि नवीकरण सुविधा उपलब्ध छ।मुद्दती बचत तपाईंको लगानीयाेग्य रकमलाई काममा लगाउने सुरक्षित र प्रभावकारी उपाय हो। यो बचत धितो राखेर ऋण लिन पनि मिल्ने भएकाले यो थप सुविधाजनक छ। Fixed Deposit is the ideal choice for members who want to earn higher returns on their savings. By locking in a lump-sum amount for a fixed term, you earn significantly more interest than a regular savings account.You can choose a flexible tenure of up to one year. Interest is paid on a quarterly basis and can be automatically credited to your regular savings account. A renewal facility is available upon maturity.Fixed deposit is a safe and effective way to put your investable funds to work. It offers added convenience as you can also obtain a loan against this deposit.
बाल बचत योजना बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न विशेष रूपमा तयार पारिएको हाम्रो अद्वितीय बचत उत्पाद हो। अभिभावकहरू आफ्नो बच्चाका नाममा खाता खोलेर सानैदेखि नै बचतको बानी विकास गराउन सक्नुहुन्छ।यो खाता बच्चा १६ वर्षको नपुगुन्जेलसम्म सञ्चालन हुन्छ। त्यसपछि बच्चाले आफैंले सम्पूर्ण रकम प्राप्त गर्न सक्छ — उच्च शिक्षा, व्यवसाय वा जीवनको कुनै पनि महत्वपूर्ण खर्चका लागि। विशेष बोनस ब्याज र छात्रवृत्ति कार्यक्रमसँग सम्बद्धताले यो खातालाई झन् आकर्षक बनाउँछ।बच्चाको नाममा बचत गर्नु भनेको उनीहरूको भविष्यमा गरिने सबैभन्दा उत्कृष्ट लगानी हो। सानो मासिक रकमले पनि वर्षौंमा ठूलो कोष बन्न सक्छ। Children Saving is our unique savings product specially designed to secure the bright future of every child. Parents can open an account in their child's name and cultivate the habit of saving from an early age.The account remains active until the child turns 16, at which point the full accumulated amount — including bonus interest — is handed over to the child for higher education, starting a business, or any major life milestone. Linkage with our scholarship program adds even more value.Saving in your child's name is the best investment you can make in their future. Even small monthly deposits accumulate into a substantial fund over the years, giving your child a head start in life.
समृद्धि बचत योजना उनीहरूका लागि उपयुक्त छ जो एकैपटक ठूलो रकम राख्न नसके पनि हरेक महिना थोरै–थोरै जम्मा गरेर मुद्दती बचतसरह उच्च ब्याजदर पाउन चाहन्छन्।तपाईं हरेक महिना न्यूनतम रू ५०० देखि आफ्नो सुविधाअनुसारको रकम जम्मा गर्नुहुन्छ। १० वर्षसम्मको अवधि रोज्न सकिन्छ। अवधि समाप्त भएपछि तपाईंले जम्मा रकम र ब्याजसहित पूरा रकम एकमुस्ट पाउनुहुन्छ — घर, गाडी वा व्यवसायका लागि।यस खातामा जम्मा भएको रकम धितो राखेर आवश्यकता परेको बेलामा ऋण पनि लिन सकिन्छ। अनुशासित बचतको बानी विकास गर्न र भविष्यका लक्ष्य पूरा गर्न यो योजना सर्वोत्तम छ। Samriddhi Saving is perfect for members who cannot deposit a large lump sum but still want to earn high interest — similar to a Fixed Deposit — by saving a fixed amount every month.You can deposit as little as NPR 500 per month and choose a tenure from 10 years. At the end of the term, you receive the full accumulated amount plus interest in one payment — ready for a home purchase, vehicle, or business investment.Your accumulated balance can also be used as collateral for a loan, giving you flexibility when you need it most. This plan is the best way to build disciplined saving habits and achieve your future financial goals with confidence.
युवा बचत योजना भविष्यका सपनाहरूलाई सुरक्षित गर्ने बुद्धिमानी बचत संस्थाले युवा पुस्तामा नियमित बचत गर्ने बानीको विकास गर्दै शिक्षा, सीप विकास, स्वरोजगार तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले "युवा बचत योजना" सञ्चालन गरेको छ।यो योजना विशेष रूपमा युवा सदस्यहरूलाई लक्षित गरी तयार गरिएको बचत योजना हो, जसले सानो रकमबाट नियमित बचत गर्दै भविष्यका आर्थिक आवश्यकताहरू सहज रूपमा पूरा गर्न सहयोग पुर्याउँछ।योजनाका उद्देश्ययुवाहरूमा बचत गर्ने संस्कारको विकास गर्नु।शिक्षा, सीपमूलक तालिम तथा उच्च अध्ययनका लागि आर्थिक आधार तयार गर्नु।स्वरोजगार तथा उद्यमशीलता विकासका लागि पूँजी निर्माणमा सहयोग गर्नु।भविष्यका आकस्मिक तथा आवश्यक खर्चका लागि सुरक्षित बचतको व्यवस्था गर्नु।आर्थिक अनुशासन र वित्तीय साक्षरताको विकास गर्नु।योजनाका प्रमुख विशेषताहरून्यूनतम रकमबाट बचत सुरु गर्न सकिने।मासिक वा संस्थाले तोकेको अवधिअनुसार नियमित बचत गर्ने सुविधा।बचतमा संस्थाको प्रचलित दरअनुसार आकर्षक ब्याज।सुरक्षित, पारदर्शी र भरपर्दो बचत सेवा।बचत इतिहासका आधारमा संस्थाको नीति अनुसार अन्य वित्तीय सेवामा प्राथमिकता प्राप्त गर्न सकिने।बचतको नियमित विवरण उपलब्ध हुने।कसले सहभागी हुन सक्छ?१६ देखि ४० वर्षसम्मका युवा सदस्यहरू (संस्थाको नीति अनुसार)।संस्थाको सदस्यता प्राप्त गरेका वा सदस्य बन्न इच्छुक व्यक्तिहरू।आवश्यक कागजातनागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि।पासपोर्ट साइजको फोटो।संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू।किन रोज्ने युवा बचत योजना?नियमित बचत गर्ने बानीको विकास।भविष्यका लक्ष्यहरू पूरा गर्न आर्थिक तयारी।सुरक्षित तथा विश्वसनीय सहकारी प्रणाली।आर्थिक आत्मनिर्भरतातर्फ सशक्त कदम।आफ्नै समुदायमा आधारित भरपर्दो वित्तीय सेवा।आजको बचत, भोलिको सफलतायुवा बचत योजना सँग जोडिनुहोस् र आफ्नो भविष्यलाई आर्थिक रूपमा सुरक्षित, सबल र समृद्ध बनाउने यात्राको आजै सुरुवात गर्नुहोस्। Youth Savings PlanA Smart Savings Plan to Secure Your FutureThe Youth Savings Plan has been introduced to encourage young people to develop a regular saving habit while supporting their education, skill development, self-employment, and long-term financial security.This savings plan is specially designed for young members, enabling them to build financial stability through regular savings, even with a small monthly contribution.Objectives of the PlanEncourage a culture of regular saving among young people. Build financial resources for education, vocational training, and higher studies. Support capital formation for self-employment and entrepreneurship. Create a secure financial reserve for future and emergency needs. Promote financial discipline and financial literacy. Key FeaturesStart saving with a minimum deposit. Flexible monthly or periodic savings as prescribed by the cooperative. Attractive interest rates based on the cooperative’s prevailing policy. Safe, transparent, and reliable savings services. Eligibility for priority access to other financial services, subject to the cooperative’s policies and savings history. Regular account statements and savings updates. Who Can Join?Young members aged 16 to 40 years (as per the cooperative’s policy). Existing members or individuals who wish to become members of the cooperative. Required DocumentsCopy of Citizenship Certificate or any valid identification document. Recent passport-size photograph. Any additional documents required by the cooperative. Why Choose the Youth Savings Plan?Develop a consistent saving habit. Prepare financially to achieve future goals. Enjoy safe and reliable cooperative-based financial services. Take a strong step toward financial independence. Benefit from a trusted community-based savings institution. Save Today, Succeed TomorrowJoin the Youth Savings Plan today and begin your journey toward a financially secure, stronger, and more prosperous future with Madhya Nepal Savings and Credit Cooperative Ltd.
सुरक्षित बचत, सम्मानित जीवन संस्था ले जेष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, नियमित आम्दानी तथा सम्मानजनक जीवनयापनलाई प्राथमिकता दिँदै "जेष्ठ नागरिक बचत योजना" सञ्चालन गरेको छ। जीवनभरको मेहनतबाट संकलित बचतलाई सुरक्षित राख्दै आकर्षक प्रतिफल प्राप्त गर्न चाहने जेष्ठ नागरिकहरूका लागि यो योजना उपयुक्त विकल्प हो। यस बचत मार्फत जेष्ठ नागरिकहरूले आफ्नो बचत सुरक्षित राख्नुका साथै संस्थाको विश्वासिलो र सदस्यमैत्री सेवाको लाभ लिन सक्नुहुन्छ।योजनाका उद्देश्यजेष्ठ नागरिकहरूको बचतलाई सुरक्षित र व्यवस्थित बनाउने। नियमित ब्याज आम्दानीमार्फत आर्थिक आत्मनिर्भरता बढाउने। आकस्मिक आवश्यकताका लागि सुरक्षित आर्थिक आधार तयार गर्ने। सम्मान, सुरक्षा र सहज वित्तीय सेवाको पहुँच सुनिश्चित गर्ने। जेष्ठ नागरिकमैत्री सहकारी सेवाको विस्तार गर्ने। योजनाका प्रमुख विशेषताहरूजेष्ठ नागरिकका लागि विशेष रूपमा डिजाइन गरिएको बचत योजना। न्यूनतम रकमबाट बचत सुरु गर्न सकिने। संस्थाको प्रचलित दरअनुसार आकर्षक ब्याज सुविधा। बचत रकमको उच्च सुरक्षा र पारदर्शी व्यवस्थापन। आवश्यकतानुसार बचतको नियमित विवरण उपलब्ध। संस्थाको नियम तथा नीतिअनुसार अन्य वित्तीय सेवामा प्राथमिकता प्राप्त गर्न सकिने। सदस्यमैत्री तथा छिटोछरितो सेवा।कसले सहभागी हुन सक्नुहुन्छ? सामान्यतया ६० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिक सदस्यहरू (संस्थाको नीति अनुसार)। संस्थाका विद्यमान सदस्य वा सदस्य बन्न इच्छुक योग्य व्यक्तिहरू। आवश्यक कागजातनेपाली नागरिकताको प्रतिलिपि। उमेर खुल्ने परिचयपत्र (आवश्यक परेमा)। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू। किन रोज्ने जेष्ठ नागरिक बचत योजना?सुरक्षित र भरपर्दो बचतको व्यवस्था। नियमित ब्याज आम्दानीबाट आर्थिक सहजता। सम्मानजनक र सदस्य केन्द्रित सेवा। दीर्घकालीन वित्तीय सुरक्षा। समुदायमा आधारित विश्वासिलो सहकारी संस्थाको सेवा।तपाईंको बचतको सुरक्षा, हाम्रो जिम्मेवारीसंस्थाकाे जेष्ठ नागरिकहरूको अनुभव, योगदान र सम्मानलाई उच्च मूल्याङ्कन गर्दै सुरक्षित, सहज र विश्वासिलो बचत सेवा प्रदान गर्न प्रतिबद्ध छ।आजै जेष्ठ नागरिक बचत योजना छनोट गर्नुहोस् र आफ्नो बचतलाई सुरक्षित भविष्यसँग जोड्नुहोस्। Secure Savings, Dignified LivingMadhya Nepal Savings and Credit Cooperative Ltd. has introduced the Senior Citizen Savings to promote the financial security, regular income, and dignified lifestyle of senior citizens. This saving is an ideal savings solution for individuals who wish to keep the savings they have accumulated through a lifetime of hard work safe while earning attractive returns.Through this plan, senior citizens can enjoy secure savings along with the trusted, member-friendly financial services offered by the cooperative.Objectives of the Saving Ensure the safe and systematic management of senior citizens' savings. Promote financial independence through regular interest income. Build a secure financial reserve for emergencies and future needs. Ensure respectful, secure, and convenient access to financial services. Expand senior citizen-friendly cooperative services.Key Features A savings product specially designed for senior citizens. Start saving with a minimum deposit amount. Attractive interest rates as per the cooperative's prevailing policy. Secure management of savings with transparency and reliability. Regular account statements and savings updates available upon request. Priority access to other financial services in accordance with the cooperative's rules and policies. Fast, convenient, and member-friendly services.Who Can Join? Senior citizen members generally aged 60 years and above (as per the cooperative's policy). Existing members or eligible individuals who wish to become members of the cooperative.Required Documents Copy of the Nepalese Citizenship Certificate. Proof of age (if required). Recent passport-size photograph. Any additional documents required by the cooperative.Why Choose the Senior Citizen Savings ? Safe and reliable savings management. Regular interest income for greater financial comfort. Respectful, personalized, and member-focused services. Long-term financial security. Trusted community-based cooperative financial services.Your Savings, Our ResponsibilityAt Madhya Nepal Savings and Credit Cooperative Ltd., we highly value the experience, contribution, and dignity of our senior citizens. We are committed to providing safe, convenient, and trustworthy savings services that help secure your financial future.Choose the Senior Citizen Saving today and connect your savings with a safer and more secure tomorrow.
सानो–सानो दैनिक बचत, ठूलो आर्थिक सफलतासंस्थाले दैनिक आम्दानी गर्ने व्यवसायी, कृषक, स्वरोजगारमा संलग्न व्यक्ति तथा नियमित रूपमा सानो रकम बचत गर्न चाहने सदस्यहरूका लागि "दैनिक बचत " सञ्चालन गरेको छ। यस योजनाअन्तर्गत सदस्यहरूले दैनिक रूपमा सानो रकम बचत गर्दै भविष्यका आवश्यकताका लागि सुरक्षित पूँजी निर्माण गर्न सक्नुहुन्छ। नियमित बचत गर्ने बानीको विकाससँगै आर्थिक अनुशासन कायम गर्न यो योजना प्रभावकारी माध्यम हो।योजनाका उद्देश्यदैनिक बचत गर्ने संस्कारको विकास गर्नु। सानो रकमलाई व्यवस्थित रूपमा संकलन गरी भविष्यका आवश्यकताका लागि पूँजी निर्माण गर्नु। सदस्यहरूमा आर्थिक अनुशासन र वित्तीय व्यवस्थापनको बानी बसाल्नु। व्यवसाय विस्तार, शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक खर्चका लागि आर्थिक आधार तयार गर्नु। सुरक्षित तथा भरपर्दो बचत सेवा प्रदान गर्नु। योजनाका प्रमुख विशेषताहरूदैनिक न्यूनतम रकमबाट बचत सुरु गर्न सकिने। दैनिक आम्दानी गर्ने सदस्यहरूको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको योजना। संस्थाको प्रचलित ब्याजदर अनुसार आकर्षक प्रतिफल। बचत रकम पूर्ण रूपमा सुरक्षित तथा पारदर्शी व्यवस्थापन। नियमित बचतको विवरण उपलब्ध। बचत इतिहासका आधारमा संस्थाको नीति अनुसार अन्य वित्तीय सेवामा प्राथमिकता प्राप्त गर्न सकिने। सदस्यमैत्री, छिटोछरितो र सहज सेवा। कसले सहभागी हुन सक्नुहुन्छ?यो योजना विशेष रूपमा निम्न सदस्यहरूका लागि उपयुक्त छःसाना तथा मझौला व्यवसायी कृषक तथा कृषि उद्यमी स्वरोजगार तथा दैनिक आम्दानी गर्ने व्यक्ति पसल, होटल, सेवा व्यवसाय सञ्चालन गर्ने सदस्य नियमित रूपमा सानो रकम बचत गर्न चाहने सबै सदस्य आवश्यक कागजातसंस्थाको सदस्यता। नेपाली नागरिकताको प्रतिलिपि। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू। किन रोज्ने दैनिक बचत योजना?दैनिक सानो बचतबाट ठूलो पूँजी निर्माण। सुरक्षित र विश्वासिलो सहकारी सेवा। नियमित बचत गर्ने बानीको विकास। भविष्यका आकस्मिक आवश्यकताका लागि आर्थिक सुरक्षा। स्थानीय समुदायमै आधारित भरपर्दो वित्तीय संस्था। सरल प्रक्रिया र सहज पहुँच। आजको सानो बचत, भोलिको ठूलो उपलब्धिनियमित रूपमा गरिने सानो बचतले भविष्यलाई सुरक्षित र समृद्ध बनाउँछ। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को दैनिक बचत योजना मार्फत आर्थिक अनुशासन अपनाउँदै आफ्नो भविष्यका लक्ष्यहरू पूरा गर्ने आधार तयार गर्नुहोस्।आजै दैनिक बचत योजना खोल्नुहोस् र सुरक्षित, व्यवस्थित तथा समृद्ध भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढ्नुहोस्। Save a Little Every Day, Build a Better TomorrowMadhya Nepal Savings and Credit Cooperative Ltd. offers the Daily Saving, specially designed for members who earn income on a daily basis, including small business owners, farmers, self-employed individuals, and anyone who wishes to develop a habit of saving regularly. This saving allows members to deposit a small amount every day, helping them build financial discipline and accumulate savings for future needs. Whether your goal is to grow your business, support your family, or prepare for unexpected expenses, the Daily Savings provides a secure and convenient way to achieve your financial goals.ObjectivesEncourage the habit of daily savings. Help members build long-term financial security through regular deposits. Promote financial discipline and responsible money management. Support future expenses such as education, healthcare, business expansion, and family needs. Provide a safe, reliable, and accessible savings solution. Key FeaturesStart saving with a minimum daily deposit. Flexible daily savings tailored to your income and financial capacity. Attractive interest rates as per the cooperative's prevailing policy. Safe and secure management of your savings. Easy access to account statements and transaction history. Opportunity to access other financial products and services based on your savings relationship, subject to the cooperative's policies. Fast, friendly, and member-focused service. Who Can Apply?The Daily Savings Plan is ideal for:Small business owners and entrepreneurs Farmers and agricultural workers Self-employed individuals Shopkeepers, traders, and service providers Salaried employees wishing to save regularly Any member committed to building a habit of daily savings Required DocumentsMembership of Madhya Nepal Savings and Credit Cooperative Ltd. Copy of Citizenship Certificate or a valid government-issued ID. Recent passport-sized photograph. Other documents as required by the cooperative. Why Choose the Daily Savings Plan?Build substantial savings through small daily deposits. Develop a consistent saving habit. Enjoy secure and reliable financial services. Prepare for emergencies and future financial goals. Benefit from a trusted community-based cooperative. Experience simple, transparent, and convenient banking services. Start Saving TodayEvery small deposit you make today is an investment in a stronger and more secure future. With the Daily Savings Plan from Madhya Nepal Savings and Credit Cooperative Ltd., saving becomes simple, rewarding, and sustainable.Open your Daily Savings Plan today and take the first step toward financial security and long-term prosperity.
सुलभ ब्याजदर र सरल प्रक्रियामा तपाईंको आवश्यकताअनुसार ऋण।Loans tailored to your needs with easy rates and simple processes.
तपाईंको व्यवसायको सफलताका लागि भरपर्दो वित्तीय साझेदारसंस्थाले आफ्ना शेयर सदस्यहरूको उद्यमशीलता विकास, व्यवसाय विस्तार तथा आर्थिक समृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले "व्यवसाय ऋण" सेवा सञ्चालन गरेको छ। नयाँ व्यवसाय सुरु गर्न, सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न, कार्यशील पूँजीको व्यवस्था गर्न वा आवश्यक उपकरण तथा सामग्री खरिद गर्न यो ऋण सुविधा उपलब्ध गराइन्छ। हामी विश्वास गर्छौं कि सशक्त व्यवसायले समृद्ध परिवार, सक्षम समुदाय र बलियो अर्थतन्त्र निर्माण गर्दछ। त्यसैले सदस्यहरूको आवश्यकता अनुरूप सहज, पारदर्शी र सदस्यमैत्री ऋण सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।ऋणको उद्देश्यव्यवसाय ऋण निम्न प्रयोजनका लागि उपलब्ध गराइन्छःनयाँ व्यवसाय स्थापना गर्न। सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न। कार्यशील पूँजी (Working Capital) व्यवस्थापन गर्न। मेसिन, उपकरण तथा व्यवसायिक सामग्री खरिद गर्न। कृषि, व्यापार, उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न। संस्थाको नीति अनुसार स्वीकृत अन्य व्यवसायिक प्रयोजनका लागि। प्रमुख विशेषताहरूप्रतिस्पर्धी तथा आकर्षक ब्याजदर (संस्थाको प्रचलित दर अनुसार)। व्यवसायको प्रकृति, आवश्यकता र भुक्तानी क्षमताअनुसार ऋण सीमा। लचिलो तथा सहज किस्ता भुक्तानी व्यवस्था। छिटो, सरल र पारदर्शी ऋण स्वीकृति प्रक्रिया। न्यूनतम कागजी प्रक्रिया तथा सदस्यमैत्री सेवा। अनुभवी कर्मचारीबाट व्यवसायिक वित्तीय परामर्श। संस्थाको नियम तथा नीतिअनुसार ऋण सुविधा। योग्यताका आधारहरूव्यवसाय ऋणका लागि आवेदकले:मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सक्रिय शेयर सदस्य हुनुपर्ने। संस्थाले निर्धारण गरेको ऋण योग्यता पूरा गरेको हुनुपर्ने। व्यवसाय सञ्चालन वा व्यवसाय योजना प्रस्तुत गर्न सक्नुपर्ने। ऋण भुक्तानी गर्ने पर्याप्त क्षमता प्रमाणित गर्नुपर्ने। संस्थाले स्वीकार गर्ने धितो वा जमानत उपलब्ध गराउनुपर्ने। आवश्यक कागजातहरूऋण आवेदन फाराम। नेपाली नागरिकताको प्रतिलिपि। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। व्यवसाय दर्ता प्रमाणपत्र (लागू हुने अवस्थामा)। आम्दानी वा व्यवसाय सम्बन्धी कागजातहरू। धितोसम्बन्धी आवश्यक कागजातहरू। संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू। किन रोज्ने मध्य नेपालको व्यवसाय ऋण?नयाँ व्यवसाय सुरु गर्न सहज वित्तीय सहयोग। व्यवसाय विस्तारका लागि पर्याप्त पूँजीको व्यवस्था। पारदर्शी, छिटोछरितो र विश्वासिलो ऋण सेवा। प्रतिस्पर्धी ब्याजदर र लचिलो भुक्तानी सुविधा। सदस्यको आवश्यकता अनुसार वित्तीय समाधान। स्थानीय समुदायको आर्थिक विकासमा योगदान गर्ने सहकारी संस्था। सफल व्यवसायको सुरुवात, सही वित्तीय साथबाटसफल व्यवसायको आधार उचित योजना र समयमै प्राप्त हुने वित्तीय सहयोग हो। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय ऋण सेवाले तपाईंको उद्यमलाई नयाँ उचाइमा पुर्याउन आवश्यक वित्तीय साथ प्रदान गर्दछ।आजै व्यवसाय ऋणका लागि आवेदन दिनुहोस् र आफ्नो व्यवसायलाई दिगो, प्रतिस्पर्धी र सफल बनाउने यात्रामा हामीसँग सहकार्य गर्नुहोस्। Empowering Your Business, Enriching Your FutureMadhya Nepal Savings and Credit Cooperative Ltd. offers the Business Loan to support entrepreneurs, business owners, and self-employed members in starting, expanding, or strengthening their businesses. Whether you need working capital, funds to purchase equipment, expand your operations, or invest in new opportunities, our Business Loan provides reliable financial assistance tailored to your business needs. Our goal is to promote entrepreneurship, create employment opportunities, and contribute to sustainable economic growth within the community through accessible and affordable financing.Loan PurposeThe Business Loan can be used for:Starting a new business or enterprise. Expanding an existing business. Purchasing machinery, equipment, or business assets. Managing working capital and day-to-day business operations. Stock and inventory purchases. Business modernization and technology upgrades. Other business-related purposes approved by the cooperative. Key FeaturesCompetitive interest rates as per the cooperative's prevailing policy. Flexible loan amounts based on business requirements and repayment capacity. Convenient repayment schedules with affordable installments. Fast, transparent, and efficient loan processing. Personalized financial advice and member-focused service. Secure financing with flexible terms and conditions. EligibilityApplicants must:Be an active member of Madhya Nepal Savings and Credit Cooperative Ltd. Meet the cooperative's loan eligibility criteria. Demonstrate the ability to repay the loan. Submit a viable business plan or business details, where applicable. Provide acceptable collateral or security as required by the cooperative. Required DocumentsCompleted loan application form. Copy of Citizenship Certificate or a valid government-issued ID. Recent passport-sized photographs. Business registration documents (if applicable). Proof of income or business cash flow. Collateral documents as required. Any additional documents requested by the cooperative. Why Choose Our Business Loan?Affordable financing for businesses of all sizes. Flexible repayment options to match your business cash flow. Transparent loan processing with no hidden charges. Quick approval and timely disbursement. Trusted financial support from a community-based cooperative. Dedicated guidance to help your business grow and succeed. Grow Your Business with ConfidenceEvery successful business begins with the right financial support. With the Business Loan from Madhya Nepal Savings and Credit Cooperative Ltd., you can invest in your ideas, expand your operations, and achieve long-term business success.Apply for a Business Loan today and take your business to the next level with confidence.
आफ्नै घरको सपना साकार पार्ने भरपर्दो वित्तीय सहयात्रीमध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्यहरूको सुरक्षित, सुविधासम्पन्न र सम्मानजनक आवासको आवश्यकतालाई मध्यनजर गर्दै "आवास ऋण" सेवा सञ्चालन गरेको छ। घर निर्माण, घर खरिद, घर मर्मत–सम्भार वा विस्तार गर्न आवश्यक वित्तीय सहयोग सहज, छिटोछरितो र पारदर्शी रूपमा उपलब्ध गराउनु यस योजनाको मुख्य उद्देश्य हो। आफ्नो र परिवारको सुरक्षित भविष्यका लागि घर निर्माण वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने, हाम्रो आवास ऋण तपाईंको विश्वासिलो वित्तीय सहयात्री बन्न तयार छ।ऋणको उद्देश्यआवास ऋण निम्न प्रयोजनका लागि उपलब्ध गराइन्छःनयाँ आवासीय घर निर्माण गर्न। आवासीय घर वा जग्गा खरिद गर्न। पुरानो घरको मर्मत, पुनःनिर्माण वा स्तरोन्नति गर्न। निर्माणाधीन घर सम्पन्न गर्न। संस्थाको नीति अनुसार स्वीकृत अन्य आवाससम्बन्धी प्रयोजनका लागि। प्रमुख विशेषताहरूप्रतिस्पर्धी तथा आकर्षक ब्याजदर (संस्थाको प्रचलित दर अनुसार)। सदस्यको आवश्यकता र भुक्तानी क्षमताअनुसार ऋण सीमा। सहज र लचिलो किस्ता भुक्तानी व्यवस्था। छिटो, सरल तथा पारदर्शी ऋण प्रक्रिया। न्यूनतम कागजी प्रक्रिया र सदस्यमैत्री सेवा। अनुभवी कर्मचारीबाट आवश्यक परामर्श तथा सहयोग। संस्थाको नियम तथा नीतिअनुसार ऋण सुविधा। योग्यताका आधारहरूआवास ऋणका लागि आवेदकले:मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सक्रिय शेयर सदस्य हुनुपर्ने। संस्थाले तोकेको ऋण योग्यता पूरा गरेको हुनुपर्ने। ऋण भुक्तानी गर्ने पर्याप्त क्षमता प्रमाणित गर्नुपर्ने। संस्थाले स्वीकार गर्ने धितो वा जमानत उपलब्ध गराउनुपर्ने। आवश्यक कागजातहरूऋण आवेदन फाराम। नेपाली नागरिकताको प्रतिलिपि। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। आम्दानी वा भुक्तानी क्षमता खुल्ने कागजात। घर वा जग्गासम्बन्धी आवश्यक कागजातहरू। धितोसम्बन्धी आवश्यक कागजातहरू। संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू। किन रोज्ने मध्य नेपालको आवास ऋण?आफ्नै घर निर्माण वा खरिदका लागि सहज वित्तीय सहयोग। पारदर्शी, विश्वासिलो र सदस्यकेन्द्रित सेवा। प्रतिस्पर्धी ब्याजदर र लचिलो भुक्तानी सुविधा। अनुभवी टोलीद्वारा छिटो ऋण प्रक्रिया। सदस्यहरूको आवश्यकता र क्षमता अनुरूप वित्तीय समाधान। समुदायमा आधारित, विश्वासिलो र जिम्मेवार सहकारी संस्था। तपाईंको घरको सपना, हाम्रो साथघर केवल एउटा भवन होइन, यो परिवारको सुरक्षा, खुसी र भविष्यको आधार हो। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को आवास ऋण सेवामार्फत आफ्नो सपनाको घर निर्माण वा खरिद गर्ने यात्रालाई आजै सहज र सुरक्षित बनाउनुहोस्।आजै आवास ऋणका लागि आवेदन दिनुहोस् र आफ्नै घरको सपना साकार पार्ने यात्रामा हाम्रो साथ लिनुहोस्। Turning Your Dream Home into RealityMadhya Nepal Savings and Credit Cooperative Ltd. offers the Housing Loan to help members achieve the dream of owning a safe, comfortable, and secure home. Whether you are planning to purchase land, build a new house, renovate your existing home, or expand your residential property, our Housing Loan provides reliable financial support with flexible repayment options. We are committed to making home ownership more accessible by offering member-focused financing solutions with transparent processes and competitive interest rates.Loan PurposeThe Housing Loan can be used for:Construction of a new residential house. Purchase of a residential house or land. Renovation, remodeling, or expansion of an existing home. Completion of an under-construction house. Other housing-related purposes approved by the cooperative. Key FeaturesCompetitive interest rates as per the cooperative's prevailing policy. Flexible loan amounts based on eligibility and repayment capacity. Convenient repayment schedules with affordable installments. Fast, transparent, and hassle-free loan processing. Personalized financial guidance and member-friendly services. Secure and reliable financing from a trusted cooperative. EligibilityApplicants must:Be an active member of Madhya Nepal Savings and Credit Cooperative Ltd. Meet the cooperative's loan eligibility requirements. Demonstrate sufficient repayment capacity. Provide acceptable collateral or security as required by the cooperative. Required DocumentsCompleted loan application form. Copy of Citizenship Certificate or a valid government-issued ID. Recent passport-sized photographs. Proof of income or repayment capacity. Property ownership and land-related documents (where applicable). Collateral documents as required. Any additional documents requested by the cooperative. Why Choose Our Housing Loan?Affordable financing for your dream home. Flexible repayment options designed to suit your financial needs. Transparent and member-focused lending process. Quick loan approval and efficient service. Trusted financial support from a community-based cooperative. Professional guidance throughout the loan process. Build a Better Future with ConfidenceA home is more than just a building—it is a place of comfort, security, and lasting memories. With the Housing Loan from Madhya Nepal Savings and Credit Cooperative Ltd., you can confidently build, purchase, or improve your home with the support of a cooperative that cares about your future.Apply for a Housing Loan today and take the first step toward owning the home you have always dreamed of.
शिक्षामा लगानी, उज्ज्वल भविष्यको सुनिश्चिततामध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्दै विद्यार्थी र अभिभावकहरूको आर्थिक आवश्यकतालाई सम्बोधन गर्न "शैक्षिक ऋण" सेवा सञ्चालन गरेको छ। उच्च शिक्षा, प्राविधिक शिक्षा, व्यावसायिक तालिम तथा अन्य शैक्षिक खर्च व्यवस्थापनका लागि सहज र भरपर्दो वित्तीय सहयोग प्रदान गर्नु यस सेवाको मुख्य उद्देश्य हो। शिक्षा जीवनभरको सबैभन्दा मूल्यवान लगानी हो। त्यसैले मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. तपाईंको शैक्षिक यात्रामा विश्वासिलो वित्तीय साझेदार बन्न प्रतिबद्ध छ।ऋणको उद्देश्यशैक्षिक ऋण निम्न प्रयोजनका लागि उपलब्ध गराइन्छःविद्यालय, कलेज तथा विश्वविद्यालयको शुल्क तिर्न। उच्च शिक्षा तथा व्यावसायिक अध्ययनका लागि। प्राविधिक तथा सीपमूलक तालिमका लागि। शैक्षिक सामग्री, पुस्तक, ल्यापटप तथा आवश्यक उपकरण खरिद गर्न। अध्ययनसँग सम्बन्धित अन्य आवश्यक खर्च व्यवस्थापन गर्न। संस्थाको नीति अनुसार स्वीकृत अन्य शैक्षिक प्रयोजनका लागि। प्रमुख विशेषताहरूसंस्थाको प्रचलित नीति अनुसार प्रतिस्पर्धी ब्याजदर। विद्यार्थी वा अभिभावकको आवश्यकता अनुरूप ऋण सुविधा। लचिलो तथा सहज किस्ता भुक्तानी व्यवस्था। सरल, छिटो र पारदर्शी ऋण प्रक्रिया। न्यूनतम कागजी प्रक्रिया र सदस्यमैत्री सेवा। आवश्यकतानुसार वित्तीय परामर्श तथा सहयोग। संस्थाको नियम तथा नीतिअनुसार ऋण सुविधा। योग्यताका आधारहरूशैक्षिक ऋणका लागि आवेदकले:मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सक्रिय शेयर सदस्य हुनुपर्ने। विद्यार्थी स्वयं वा अभिभावकमार्फत आवेदन दिन सक्ने। सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत वा भर्ना भएको प्रमाण पेश गर्नुपर्ने। ऋण भुक्तानी गर्ने क्षमता प्रमाणित गर्नुपर्ने। संस्थाले आवश्यक ठानेअनुसार धितो वा जमानत उपलब्ध गराउनुपर्ने। आवश्यक कागजातहरूऋण आवेदन फाराम। नेपाली नागरिकताको प्रतिलिपि। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। विद्यालय, कलेज वा विश्वविद्यालयको भर्ना/सिफारिस पत्र। शुल्क विवरण वा Fee Structure। आम्दानी वा भुक्तानी क्षमता खुल्ने कागजात। धितोसम्बन्धी आवश्यक कागजात (आवश्यक परेमा)। संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू। किन रोज्ने मध्य नेपालको शैक्षिक ऋण?शिक्षाका लागि समयमै आर्थिक सहयोग। उच्च शिक्षा र सीप विकासमा लगानी गर्ने अवसर। पारदर्शी, छिटोछरितो र सदस्यकेन्द्रित सेवा। प्रतिस्पर्धी ब्याजदर र सहज भुक्तानी सुविधा। विद्यार्थी र अभिभावकमैत्री वित्तीय समाधान। समुदायको शैक्षिक विकासमा प्रतिबद्ध सहकारी संस्था। आजको शिक्षा, भोलिको सफलताशिक्षा नै सफल भविष्यको आधार हो। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को शैक्षिक ऋण सेवामार्फत आफ्नो वा आफ्ना सन्तानको शैक्षिक सपना आर्थिक अभावका कारण अधुरो हुन नदिनुहोस्।आजै शैक्षिक ऋणका लागि आवेदन दिनुहोस् र उज्ज्वल भविष्य निर्माणको यात्रामा आत्मविश्वासका साथ अघि बढ्नुहोस्। Investing in Education, Building a Brighter FutureMadhya Nepal Savings and Credit Cooperative Ltd. offers the Education Loan to support members and their families in achieving their academic goals. This loan is designed to provide timely financial assistance for school, college, university, technical education, vocational training, and other education-related expenses. We believe that education is one of the most valuable investments for a successful future. Our Education Loan helps students pursue quality education without financial barriers, empowering them to achieve their dreams and contribute to society.Loan PurposeThe Education Loan can be used for:School, college, and university tuition fees. Higher education and professional studies. Technical and vocational education and training. Purchase of books, laptops, educational materials, and learning equipment. Examination fees and academic-related expenses. Other education-related purposes approved by the cooperative. Key FeaturesCompetitive interest rates as per the cooperative's prevailing policy. Flexible loan amounts based on educational needs and repayment capacity. Convenient and affordable repayment options. Simple, transparent, and fast loan processing. Member-focused financial services with personalized support. Reliable financing from a trusted community-based cooperative. EligibilityApplicants must:Be an active member of Madhya Nepal Savings and Credit Cooperative Ltd. Be a student or a parent/guardian applying on behalf of a student. Provide proof of admission or enrollment in a recognized educational institution. Demonstrate sufficient repayment capacity. Provide acceptable collateral or security if required by the cooperative. Required DocumentsCompleted loan application form. Copy of Citizenship Certificate or a valid government-issued ID. Recent passport-sized photographs. Admission or enrollment letter from the educational institution. Tuition fee structure or official fee statement. Proof of income or repayment capacity. Collateral documents (if applicable). Any additional documents required by the cooperative. Why Choose Our Education Loan?Timely financial support for quality education. Affordable financing with flexible repayment options. Transparent and member-friendly loan process. Quick loan approval and efficient service. Financial solutions tailored to students and families. Trusted support from a cooperative committed to educational development. Empower Your Future Through EducationEducation opens the door to knowledge, opportunity, and lifelong success. With the Education Loan from Madhya Nepal Savings and Credit Cooperative Ltd., you can focus on achieving your academic ambitions while we take care of your financial needs.Apply for an Education Loan today and invest in a brighter future for yourself and the next generation.
समृद्ध कृषक, समृद्ध समाजमध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषकहरूको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले "कृषि प्रवर्द्धन ऋण" सेवा सञ्चालन गरेको छ। यस ऋणमार्फत किसान तथा कृषि उद्यमीहरूलाई कृषि उत्पादन, पशुपालन, बागवानी, मत्स्यपालन तथा अन्य कृषि व्यवसायका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराइन्छ। हामी विश्वास गर्छौं कि कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। त्यसैले आधुनिक, व्यावसायिक र दिगो कृषि प्रणालीको विकासमा सहयोग पुर्याउन सदस्यमैत्री तथा सहज ऋण सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।ऋणको उद्देश्यकृषि प्रवर्द्धन ऋण निम्न प्रयोजनका लागि उपलब्ध गराइन्छःव्यावसायिक कृषि उत्पादन विस्तार गर्न। तरकारी, फलफूल तथा बागवानी खेती सञ्चालन गर्न। पशुपालन, दुग्ध उत्पादन, कुखुरापालन, बाख्रापालन तथा बंगुरपालन गर्न। मत्स्यपालन तथा मौरीपालन व्यवसाय सञ्चालन गर्न। कृषि उपकरण, मेसिनरी तथा सिंचाइ प्रणाली खरिद गर्न। हरितगृह (Greenhouse), टनेल खेती तथा आधुनिक कृषि प्रविधिमा लगानी गर्न। कृषि व्यवसायसँग सम्बन्धित अन्य स्वीकृत प्रयोजनका लागि। प्रमुख विशेषताहरूसंस्थाको प्रचलित नीति अनुसार प्रतिस्पर्धी ब्याजदर। कृषि व्यवसायको आवश्यकता अनुसार लचिलो ऋण सीमा। कृषि उत्पादन चक्रलाई ध्यानमा राखी सहज किस्ता भुक्तानी व्यवस्था। सरल, छिटोछरितो र पारदर्शी ऋण प्रक्रिया। अनुभवी कर्मचारीबाट आवश्यक वित्तीय परामर्श। सदस्यमैत्री सेवा र न्यूनतम कागजी प्रक्रिया। संस्थाको नियम तथा नीतिअनुसार ऋण सुविधा। योग्यताका आधारहरूकृषि प्रवर्द्धन ऋणका लागि आवेदकले:मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सक्रिय शेयर सदस्य हुनुपर्ने। कृषि वा कृषि उद्यम सञ्चालन गरेको वा सञ्चालन गर्ने योजना भएको हुनुपर्ने। ऋण भुक्तानी गर्ने पर्याप्त क्षमता प्रमाणित गर्नुपर्ने। संस्थाले आवश्यक ठानेअनुसार धितो वा जमानत उपलब्ध गराउनुपर्ने। आवश्यक कागजातहरूऋण आवेदन फाराम। नेपाली नागरिकताको प्रतिलिपि। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो। कृषि व्यवसाय वा परियोजनासम्बन्धी विवरण। जग्गा, कृषि फार्म वा व्यवसायसम्बन्धी आवश्यक कागजात (लागू भएमा)। आम्दानी वा भुक्तानी क्षमता खुल्ने कागजात। धितोसम्बन्धी आवश्यक कागजात (आवश्यक परेमा)। संस्थाले आवश्यक ठानेका अन्य कागजातहरू। किन रोज्ने मध्य नेपालको कृषि प्रवर्द्धन ऋण?कृषि उत्पादन वृद्धि र व्यवसाय विस्तारका लागि सहज वित्तीय सहयोग। आधुनिक कृषि प्रविधिमा लगानी गर्ने अवसर। प्रतिस्पर्धी ब्याजदर र लचिलो भुक्तानी सुविधा। पारदर्शी, छिटोछरितो र सदस्यकेन्द्रित सेवा। स्थानीय कृषक र कृषि उद्यमीको विकासमा प्रतिबद्ध सहकारी संस्था। दिगो कृषि र ग्रामीण आर्थिक समृद्धिको साझेदार। कृषि विकासको आधार, विश्वासिलो वित्तीय साथकृषिको विकासले परिवार, समुदाय र राष्ट्रको समृद्धि सुनिश्चित गर्दछ। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को कृषि प्रवर्द्धन ऋण सेवामार्फत आफ्नो कृषि व्यवसायलाई आधुनिक, उत्पादनशील र दिगो बनाउँदै आर्थिक समृद्धितर्फ अघि बढ्नुहोस्।आजै कृषि प्रवर्द्धन ऋणका लागि आवेदन दिनुहोस् र सफल कृषि व्यवसायको यात्रामा हाम्रो साथ लिनुहोस्। Empowering Farmers, Growing ProsperityMadhya Nepal Savings and Credit Cooperative Ltd. offers the Agriculture Promotion Loan to support farmers, agripreneurs, and agricultural businesses in enhancing productivity, adopting modern farming practices, and achieving sustainable growth. This loan provides accessible financial assistance for agricultural production, livestock farming, horticulture, irrigation, farm mechanization, and other agriculture-related activities. We believe that agriculture is the foundation of a strong economy. By providing affordable and flexible financing, we are committed to helping our members increase agricultural productivity and improve their livelihoods.Loan PurposeThe Agriculture Promotion Loan can be used for:Commercial crop cultivation and farming. Vegetable, fruit, and horticulture production. Dairy farming, poultry farming, goat farming, pig farming, and livestock development. Fish farming and beekeeping. Purchase of agricultural machinery, tools, and equipment. Installation of irrigation systems, greenhouses, and tunnel farming. Expansion and modernization of agricultural enterprises. Other agriculture-related purposes approved by the cooperative. Key FeaturesCompetitive interest rates as per the cooperative's prevailing policy. Flexible loan amounts based on project requirements and repayment capacity. Convenient repayment schedules designed to match agricultural production cycles. Fast, transparent, and hassle-free loan processing. Personalized financial guidance and member-focused services. Reliable financing from a trusted community-based cooperative. EligibilityApplicants must:Be an active member of Madhya Nepal Savings and Credit Cooperative Ltd. Be engaged in agriculture or planning to start an agricultural enterprise. Demonstrate sufficient repayment capacity. Provide acceptable collateral or security as required by the cooperative. Required DocumentsCompleted loan application form. Copy of Citizenship Certificate or a valid government-issued ID. Recent passport-sized photographs. Agricultural project proposal or farm/business details. Land ownership or farm-related documents (where applicable). Proof of income or repayment capacity. Collateral documents (if applicable). Any additional documents required by the cooperative. Why Choose Our Agriculture Promotion Loan?Affordable financing for modern and commercial agriculture. Flexible repayment options aligned with farming seasons. Transparent and member-friendly loan process. Quick loan approval and efficient service. Financial solutions tailored to the needs of farmers and agribusinesses. Trusted support from a cooperative dedicated to rural development and agricultural prosperity. Cultivate Success with the Right Financial SupportAgriculture is more than an occupation—it is the foundation of food security, economic growth, and community development. With the Agriculture Promotion Loan from Madhya Nepal Savings and Credit Cooperative Ltd., you can invest confidently in your farm, expand your agricultural business, and build a more prosperous future.Apply for an Agriculture Promotion Loan today and take the next step toward sustainable agricultural success.