गतिविधि विवरणActivity Details

"Cooperative Education and Financial Literacy Program" Concluded
वित्तीय Financial

सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न "Cooperative Education and Financial Literacy Program" Concluded

२०८३ जेठ २८Jun 10, 2026 Madhyanepal Admin

मिति २०८३/२/२८ गते बिहिबार का दिन यस मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा देवचुली न.पा, वडा नं ११ ,एकता टोलमा "सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम" सम्पन्न भएको छ । सेवाकेन्द्र व्यवस्थापन उपसमितीका संयोजक श्री हुमकान्त सुवेदि ज्यूको अध्यक्षतामा एकता टोल बिकास समुहका लगायत एकता दिदि बहिनि समुह अन्य सदस्यहरु उपस्थित भएको उक्त कार्यक्रममा शुभकामना सेवाकेन्द्र समिति सह संयोजक श्री यम प्रसाद शर्मा ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । सेवाकेन्द्र समिति सदस्य गिता भट्टराई , रेशमबहादुर ठाडा,भुपराज चापागाईं उपस्थिति रहेको उक्त कार्यक्रममा सेवाकेन्द्र प्रमुख श्री नर्मदा चापागाईंले सहजिकरण गर्नुभएको थियो भने साकोसका अधिकृत श्री राजु श्रेष्ठले संस्थागत गतिविधि तथा बित्तीय ज्ञान सम्बन्धी प्रशिक्षण गराउदै बचत गर्ने बानिको बिकास गर्नका निम्ति प्रेरित गर्नुभएको थियो । उक्त अवसर प्रदान गर्नुहुने वडा कार्यालयको परिबारप्रति साकोस परिवार विशेष धन्यवाद प्रकट गर्दछौ ।

Cooperative Education and Financial Literacy Program" was completed in Devchuli Napa, Ward No. 11, Ekta Village on Thursday, 28/2/2083 under the initiative of Madhya Nepal Savings and Loan Cooperative Society Ltd. Under the chairmanship of Sevakendra Management Sub-Committee Mr. Humkant Subedi Mr. Ekta Tol Development Group and other members of Ekta Didi Bahini Group were present in the event. Sevakendra committee member Gita Bhattarai, Resham Bahadur Thada, Bhupraj Chapagai were present in the event, which was facilitated by Sevakendra head Mr. Narmada Chapagai, while Saccos officer Mr. Raju Shrestha inspired them to develop the habit of saving by providing training on institutional activities and financial knowledge. We express our special thanks to the family of the ward office for providing this opportunity to the Saccos family.

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices