मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लि. (Madhyanepal SACCOS) को सहकार्यमा परोपकार सेवाकेन्द्रद्वारा आयोजित वित्तीय साक्षरता एवम् अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा वित्तीय व्यवस्थापन, बचतको महत्व, ऋणको सदुपयोग, वित्तीय अनुशासन, सहकारीमार्फत प्राप्त हुने सेवा तथा सदस्यहरूको आर्थिक सशक्तीकरणसँग सम्बन्धित विषयहरूमा जानकारी तथा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञान अभिवृद्धि गर्नुका साथै आफ्ना जिज्ञासा, सुझाव तथा अनुभवहरू आदान–प्रदान गरेका थिए।
यस्ता कार्यक्रमहरूले सदस्यहरूमा वित्तीय सचेतना वृद्धि गर्दै सुरक्षित, व्यवस्थित र प्रभावकारी वित्तीय अभ्यास विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य शिक्षा, वित्तीय साक्षरता तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई निरन्तर प्राथमिकता दिँदै आएको छ।
Madhyanepal Saving and Credit Cooperative Ltd. (Madhyanepal SACCOS), in coordination with Paropakar Service Center, successfully conducted a Financial Literacy and Interaction Program.
The program focused on important topics such as financial management, the importance of savings, effective utilization of loans, financial discipline, cooperative services, and economic empowerment of members.
During the session, participants enhanced their financial knowledge and actively shared their queries, suggestions, and experiences through interactive discussions.
Such programs play an important role in increasing financial awareness among members and promoting safe, organized, and effective financial practices.
Madhyanepal SACCOS continues to prioritize member education, financial literacy, and community-focused initiatives to support the overall development of its members.