गतिविधि विवरणActivity Details

First Aid Training for Madhya Nepal Youth Ambassadors Successfully Concluded on the Occasion of the 27th International Youth Day

२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित मध्य नेपाल दूतका लागि प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न । First Aid Training for Madhya Nepal Youth Ambassadors Successfully Concluded on the Occasion of the 27th International Youth Day

२०८३ साउन २७Aug 12, 2026 Madhyanepal Admin

२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित मध्य नेपाल दूतका लागि प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न ।
२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. द्वारा मध्य नेपाल दूतहरूका लागि आयोजित प्राथमिक उपचार (First Aid) सम्बन्धी तालिम मिति २०८३ साल साउन २७ गते, बुधबार देवचुली नगरपालिका–१३, दलदलेमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री तुलमणी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समिति, मध्य नेपाल दूत तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा ३९ जना सहभागी भएका थिए।       
कार्यक्रमको उद्देश्य दुर्घटना वा अन्य आकस्मिक अवस्थामा घाइते तथा बिरामीलाई अस्पताल पुर्‍याउनुअघि आवश्यक पर्ने आधारभूत प्राथमिक उपचार सम्बन्धी ज्ञान, सीप र व्यवहारिक दक्षता विकास गर्नु रहेको थियो। तालिमले सहभागीहरूलाई आपतकालीन अवस्थामा आत्मविश्वासका साथ प्राथमिक उपचार प्रदान गर्न सक्षम बनाउने विश्वास लिइएको छ। कार्यक्रमको सहजीकरण संस्थाका सचिव श्री डिलाराम पाण्डेले गर्नुभएको थियो। अध्यक्ष श्री तुलमणी पौडेलले आफ्नो मन्तव्य व्यक्त गर्दै युवाहरू समाज रूपान्तरणका प्रमुख संवाहक भएकाले सामाजिक सेवामा सक्रिय सहभागिता जनाउँदै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, यस्ता व्यवहारिक तथा जीवनोपयोगी तालिमहरूले युवाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। तालिमको प्रशिक्षण नेपाल रेडक्रस सोसाइटी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रशिक्षक श्री निराजन चौधरीले गर्नुभएको थियो। उहाँले दुर्घटना तथा आपतकालीन परिस्थितिमा बिरामी वा घाइतेलाई अस्पताल पुर्‍याउनुअघि अपनाउनुपर्ने प्राथमिक उपचारका विभिन्न विधिहरू व्यवहारिक अभ्याससहित प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत प्राथमिक उपचारका सीपहरू सिक्ने अवसर प्राप्त गरेका थिए। कार्यक्रमको समापनमा यस्ता व्यवहारिक तालिमहरूले युवाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायमा सुरक्षित, जिम्मेवार र सेवामुखी वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

First Aid Training for Madhya Nepal Youth Ambassadors Successfully Concluded on the Occasion of the 27th International Youth Day

On the occasion of the 27th International Youth Day, Madhya Nepal Saving & Credit Co-operative Society Ltd. successfully organized a First Aid Training Program for the Madhya Nepal Youth Ambassadors on Wednesday, 12 August 2026 (27 Shrawan 2083 B.S.) at Daldale, Devchuli Municipality–13.

The program was chaired by Mr. Tulmani Paudel, Chairperson of the Society, and was attended by members of the Board of Directors, Madhya Nepal Youth Ambassadors, and staff members. A total of 39 participants took part in the training.

The primary objective of the program was to enhance participants' knowledge, practical skills, and confidence in providing basic first aid to injured or ill individuals during emergencies before they can be transported to a hospital. The training aimed to equip participants with essential life-saving skills that can make a significant difference during the critical moments following an accident or emergency.

The session was facilitated by Mr. Dilaram Pandey, Secretary of the Society. In his remarks, Chairperson Mr. Tulmani Paudel emphasized that young people are key agents of social transformation and encouraged them to actively participate in community service while taking on leadership roles. He also expressed his confidence that practical and life-skill-based training programs such as this would greatly contribute to the personal and professional development of young people.

The training was conducted by Mr. Nirajan Chaudhary, Trainer from the Nepal Red Cross Society, Nawalparasi (Bardaghat-Susta East). Through interactive demonstrations and hands-on practical sessions, he trained participants on various first aid techniques to be applied before transferring an injured or ill person to a healthcare facility during accidents and emergency situations.

The program concluded with the shared belief that such practical training initiatives strengthen the capacity of young volunteers and contribute to building a safer, more responsible, and service-oriented community.


साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices