गतिविधि विवरणActivity Details

Lighting of the Lamp and Greetings Exchange Program
संस्थागत Institutional

दीप प्रज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम Lighting of the Lamp and Greetings Exchange Program

२०८३ भदौ १Aug 17, 2026 Madhyanepal Admin

🏆उत्कृष्टताको यात्रामा मध्य नेपाल साकोस 🏆

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३९औं स्थापना दिवसको गौरवपूर्ण अवसरमा “नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान–राष्ट्रियबाट मध्य नेपाल साकाेस सम्मानित भएकाे छ । यो गौरवपूर्ण उपलब्धि कुनै एक व्यक्ति वा एउटा पक्षको मात्र सफलता होइन। यो २७ हजारभन्दा बढी शेयर सदस्यहरूको अटुट विश्वास, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको दूरदर्शी नेतृत्व, विभिन्न उपसमितिहरूको सक्रिय भूमिका, कर्मचारीहरूको अथक मेहनत तथा सम्पूर्ण शुभेच्छुक र सरोकारवालाहरूको साथ, सहयोग र विश्वासको सामूहिक उपलब्धि हो।

यस ऐतिहासिक उपलब्धिको खुसीलाई संस्थाका सम्पूर्ण सेवाकेन्द्रहरूमा दीप प्रज्वलन तथा शुभकामना आदान–प्रदान गरी उत्सवका रूपमा मनाइएको छ। दीपको उज्यालोसँगै हाम्रो उत्कृष्टताको यात्रा अझ उज्यालो र सशक्त बनोस् भन्ने हाम्रो विश्वास छ।

यस गौरवपूर्ण अवसरमा नेफ्स्कूनप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। साथै, यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक बधाई एवं कृतज्ञता व्यक्त गर्दछौँ।

❤️ सदस्यको छहारी : मध्य नेपाल सहकारी❤️ 





🏆Madhya Nepal SACCOS: A Journey Towards Excellence🏆

On the proud occasion of the 39th Establishment Day of the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN), Madhya Nepal SACCOS was honored with the prestigious “NEFSCUN Best Institution Award – National Level.”

This remarkable achievement is not the success of any single individual or a particular group. It is the collective achievement of the unwavering trust of more than 27,000 shareholders, the visionary leadership of the Board of Directors and the Audit Supervision Committee, the active contribution of various sub-committees, the tireless efforts of our employees, and the continued support, cooperation, and trust of all our well-wishers and stakeholders.

The joy of this historic achievement was celebrated across all service centers of the institution through Lamp Lighting and Greetings Exchange Programs. We firmly believe that, just as the light of the lamps illuminates our surroundings, our journey toward excellence will become even brighter and stronger.



साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices