गतिविधि विवरणActivity Details

Bistarit Manch Program Successfully Concluded
संस्थागत Institutional

विस्तारित मन्च कार्यक्रम सफलतापुर्वक सम्पन्न Bistarit Manch Program Successfully Concluded

२०८३ असार ३०Jul 14, 2026 Madhyanepal Admin

मिति २०८३ असार १९ गते

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तुलमणी पौडेलज्यूको अध्यक्षतामा देवचुली १३, दलदलेमा विस्तारित मन्च कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । अध्यक्ष श्री तुलमणी पौडेलज्यू र ज्येष्ठ सदस्य श्री मुक्ति बहादुर क्षेत्रीज्यू द्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलन गरि समुद्घाटन भएको यस कार्यक्रममा संस्थाको वर्तमान अवस्था, अागामी कार्यक्रम र याेजना सम्बन्धमा विस्तृत छलफल गरिएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ,नवलपुरका सह-सचिव श्री नारायण प्रसाद पौडेलज्यू लगायत उपस्थित व्यक्तित्वहरूले आफ्नो अमूल्य सल्लाह सुझाव सहित शुभकामना व्यक्त गर्नुभएको थियो । साकोसका उपाध्यक्ष प्रेमाकुमारी खनालज्यूकाे स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नरभूपाल भुसालज्यूले संस्थागत गतिविधि तथा आगामी कार्यक्रम तथा योजना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। सोहि अवसरमा उपस्थित व्यक्तित्वहरुका जिज्ञासा तथा सुझावहरूलाई संस्थाका अध्यक्षबाट सम्बोधन गर्दै यस कार्यक्रममा प्राप्त भएका सल्लाह एवम् सुझावहरुले संस्थालाई आगामी दिनमा स्पष्ट मार्गनिर्देशन प्रदान गर्ने बताउनु भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव डिलाराम पाण्डेज्यूले गर्नुभएको थियो।

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices